प्रदेश-१ मनमाेहन कप एकदिवसीय क्रिकेटकाे सेमिफाइनलमा

0

इनरुवामा जारी मनमाेहन स्मृती कप एकदिवसीय क्रिकेट प्रतियाेगितामा प्रदेश १ सेमिफाइनल प्रवेश गरेको छ । आज भएकाे खेलमा प्रदेश १ ले प्रदेश न ४ लाई २ सय २६ रनकाे भारी अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायाे । 

पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ! उसका लागि मिनस थापाले सतकीय पारी खेले । जसमा उनले एक सय १० बलमा एक सय ८ रन बनाए । यस्तै मुकुन्द यादबले ३६ रनकाे याेगदान  दिए ।

बलिङमा प्रदेश ४ का किशाेर महतोले ३,  अमृत गुरुङ, बिपिन खत्री र सन्तोष न्यौपानेले समान २/२ विकेट लिए  ।

जवाफमा प्रदेश १ मात्र १५ ओभर एक बलमा मात्र ६६ रनमा समेटियाे । उसका लागि सुमन घिमिरे २५ रन, अमृत गुरुङ १३, मुस्कान थापा ११ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा पेभेलियन फर्किए ।

बलिङमा प्रदेश १ का मनोज मन्डल र सिद्धान्त लोहनिले समान ३/३ विकेट विकेट हात पारे ।  समुहमा एपीएफ र प्रदेश १ काे समान अंक भएपनि रनरेटका अगाडी हुँदे प्रदेश १ ले सेमिफाइनलमा स्थान बनायाे ।

Post Add 1025X115
Loading...