पारा क्रिकेटको ह्वीलचेयरतर्फ जावलाखेल च्याम्पियन

0
जावलाखेल पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा क्रिकेटको ह्वीलचेयरतर्फ शनिबार पहिलो भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा जावलाखेलले बीआईएलाई २२ रनले पराजित ग-यो ।
जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट ब्याट्सम्यान चुनिए । बीआईएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा व्ह्ीलचेयर क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ नीलो टिमले रातो टिमलाई ५३ रनले हराउदै पहिलो भयो ।
नीलोका छविलाल धोबी ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट बलर ठहरिए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ह्वीलचेयर क्रिकेट संघ नेपालले सदस्य–सचिव विष्ट र अन्नपूर्ण पोस्टका फोटो पत्रकार विकास कार्कीलाई सम्मान गरेको थियो ।
Post Add 1025X115
Loading...