राखेपमा ८१ कराेड रूपैयाँ बेरूजु, २७ सय ब्यक्तिले पेश्की फर्च्युट गर्न बाँकि

0

विभिन्न संस्था र ब्यक्तिका नाममा रहेको पेस्की फर्चुट नहुँदा राष्ट्रिय खेलकुद परिषद्मा ८१ करोड रुपैयाँ बेरुजु रहेको छ । जसमा ब्यक्तिकै नाममा चार लाख देखि करोड रुपैयाँसम्म बेरुजु रहेको बुझिएको छ ।

हरेक बर्ष करोडौ रुपैयाँ फ्रिज हुने खेलकुदमा झण्डै एक अर्व रुपैयाँ बेरुजु हुँदापछि राष्ट्रिय खेलकुद परिषद भने चुप लागेर बसेको छ । यो बरुजुमा ब्यक्तिका नाममा धेरै रकम हरेको छ । जसमा लाख देखि करोड भन्दा माथिसम्म ब्यक्तिका नाममा बेरुजू रहेको छ ।

यसका साथै खेल संघ र सस्थाका नाममा ११ करोड रुपैयासम्म बेरुजु देखिएको छ । यसका साथै विभिन्न पुर्वाधार निर्माणका लागि रकम निकासा गरेको तर त्यसको हिसावकिताव भने अझै नबुझाइएको पाइएको छ ।

परिषद्का एक कर्मचारीका अनुसार, पछिल्लो ४ बर्षदेखिको बेरुजु अझै फर्चुट हुननसकेको, बरु यो रकम झन बढ्दै गएको छ । बेरुजु फच्र्युट गर्नुपर्नेमा २७ सय जना ब्यक्ति छन । जसमा एक लाख देखि माथिको रकम रहेको छ । त्यसमा पनि संघ सस्थांका नाममा बढि रकम बेरुजु रहेको छ ।

पुर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको हिसावकिताव अझैपनि पुरै बुझाइएको छैन भने एशियन गेम्सको हिसावकिताव पनि पुर्ण रुपमा हुन सकेको छैन । यस्तै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदा विभिन्न संघले लिएको पेस्कीमा धेरै जसोको बाँकी नै रहेको ती कर्मचारीले बताए । राष्ट्रिय खेलकुद परिषदले पेस्की फच्र्युटका लागि बारम्बार ताकेता गरेपनि नटेरेको भन्ने पनि बुझिएको छ ।

Post Add 1025X115
Loading...