ब्याटिङ् अर्डर परिवर्तन गर्ने सोचमा छौंः प्रशिक्षक टमाटा

0

नेप्लेज । युएईविरुद्धको एक दिवशीय र टि–२० सिरिजका लागि नेपाली टिम तयारी गरिरहेको छ । एक दिवशीय मान्यता पाएपछि नेपालले दोस्रो सिरिज खेल्न लागेको हो ।

नेपाली टिमको ब्याटिङ अर्डर बलियो भएन भन्ने आम क्रिकेट प्रेमीको बुझाई छ । नेपाली क्रिकेट फ्यानले ब्याटिङ् अर्डरमा केही परिवर्तन गरेर परीक्षण गर्नुपर्ने भनाई राख्दै आएका छन् ।

यससम्बन्धमा प्रशिक्षक जगत टमाटाले क्रिकेट फ्यानहरुले दिएको प्रतिक्रिया र मायाप्रति कृतज्ञता ब्यक्त गरेका छन् । ‘अहिले पनि हाम्रो मुख्य समस्या भनेको ओपनिङ् नै हो । टि–२० मा अर्डर परिवर्तनका लागि विकल्पहरु धेरै भएपनि एक दिवशीयमा त्यस्तो भरपर्दो खेलाडी देखिएको छैन,’ प्रशिक्षक टमाटाले भने ।

‘ब्याटिङ अर्डर बलियो बनाउनका लागि हामी प्रयास गरिरहेका छौं । टिम ब्यवस्थापन पनि यसप्रति सकारात्मक देखिएको छ,’ प्रशिक्षक टमाटाले टिम म्यानेजमेन्टसँग बसेर यसको छलफल भइरहेको बताए ।

‘अवस्यपनि केही न केही परिवर्तन चाहीँ हुन्छ , ’ टमाटाले नेप्लेजसँग भने ।

Post Add 1025X115

Loading...