खेलपत्रकार निरञ्जन राजवंशीलाई मातृशाेक

0

नेप्लेज । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा राधादेवी राजवंशीको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि उपचार भइरहेको थियो । उहाँका चार छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारजनले जनाएको छ ।

हाल बीबीसी नेपाली सेवाका संवाददाता रहेका खेलपत्रकार राजवंशी एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का कोषाध्यक्ष हुनुहुन्छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङले जारी गरेकाे शाेक विज्ञप्तिमा ‘दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछाैं’ उल्लेख छ ।

Post Add 1025X115
Loading...