एकदिवसीय क्रिकेटमा एपीएफ ९२ रनले विजयी, यज्ञमानकाे ७ विकेट

0

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिभागिय टिम नेपाल एपिएफ क्लब ९२ रनले बिजयी भएको छ ।

पहिले ब्याटिङ गरेको एपिएफ ३६ ओभरमा १५४ रनमा अलअाउट भयाे ।  उसका कमल सिङ ऐरि र आसिफ सेखले समान ३३/३३ रन तथा पुरन बिकले २८ रनको योगदान दिए । प्रदेश नम्बर १ कालागि बलिङ तर्फ दिपेश कंडेलले ४, सिधाान्त लोहनी ३ र मुकुन्द यादब २ विकेट लिए ।

जवाफमा प्रदेश नम्बर एक १७ ओभर ५ बलमा मात्र ६२ रनमा समेटियाे । उसका २ खेलाडीले मात्र दाेहाेराे अंक छुन सके । जसमा दिपेश कंडेलले १९ तथा फिर्दोस अन्सारिले ११ रन बनाउदा बाँकि खेलाडी एकपछि अर्काे रूपमा अाउट भए । बलिङ तर्फबाट यज्ञमान कुमालले ७, भुवन कार्किले २ विकेट लिए ।

Post Add 1025X115

Loading...
P