युएई विरूद्धकाे सिरिजका लागि नेपाली टिमकाे तयारी १६ फाेटाेमा

0

नेप्लेज । युएई विरुद्धको तीन एकदिवसिय र तीन टी–२० सिरिजका लागि नेपाली क्रिकेट टिम तयारीमा ब्यस्त छ ।

पहिलो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको १७ खेलाडी मैदानमा उपस्थित थिए । राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी हाल अष्ट्रेलियामा रहेका कारण उनीहरुले उपस्थित हुन नसकेका हुन् । सन्दिप लामिछाने भने बंगलादेश प्रिमियर लिग खेलिरहेका छन् । उनी उतैबाट युएइ जानेछन् । इनरुवामा जारी एकदिवशीय क्रिकेट छोडेर विनोद भण्डारी प्रशिक्षणमा फर्किएका छन् ।

माघ ११ गतेदेखि युएई विरुद्ध नेपालले तीन एकदिवसिय सिरिज खेल्दैछ । त्यसपछि नेपालले तीन टी–२० खेलको सिरिज खेल्नेछ । हाल पहिलो चरणमा बोलाइएको २० खेलाडीबाट केहि अभ्यास खेलपछि अन्तिम चरणमा १५ खेलाडी छनोट गरिनेछ । युएईका लागि नेपाली टिम २२ जनवरीमा प्रस्थान गर्नेछ ।

नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् भने ब्याटिङ कन्सल्ट्यान्टका रुपमा आइसीसीले उमेश पटुवाल उपलब्ध गराएको छ ।

नेपाली टिमले आइतबार र सोमबार अभ्यास म्याच खेल्नेछ । त्यसअघि शनिबार उमेश पटुवालले प्रत्यक ब्याट्सम्यानलाई वन टू वन प्रशिक्षण दिने कार्यक्रम छ ।

 

Post Add 1025X115

Loading...