संकटा क्लव खप्तड गाेल्डकपकाे क्वाटरफाइनलमा, रूपन्देही २-० ले पराजित

0

संकटा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अाज भएकाे खेलमा संकटाले गोर्खा व्वाइज रुपन्देहीलाई २ – ० गोल अन्तरले पराजित गर्याे ।

धनगढी रंगशालामा भएकाे खेलमा संकटाकाे जितमा  रबी सिलवाल र एलोन म्याक्सवेलले एक एक गोल गरे । एक तर्फि जस्ताे बनेकाे खेलकाे पहिलो हाफको इन्जुरी समयमा रबीले गोल गर्दै संकटालाई अग्रता दिलाए ।

८६ औं मिनेटमा विदेशी खेलाडी म्याक्सवेलले गोल गर्दै संकटाकाे अन्तर २-० मा पुर्याए । बाँकि समयमा गाेर्खा ब्याइज खेलमा फर्कन सकेन र पराजित भयाे । अब संकटाले क्वाटरफाइनलमा क्यामरुनको दाफिनस टिम फेमिलीसंग प्रतिस्पर्धा गर्नेछ ।

 

Post Add 1025X115

Loading...
P