११७ परिषदका जागिरे कर्मचारी जाे बिभिन्न संघमा छन्

0

नेपाली खेलकुदमा दोहोरो पदमा रहेका कर्मचारी हटाउने र दुई वटा संघ अस्तित्वमा रहेका कारण उत्पन्न विवादलाई समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयले एक महिनाको समय थपेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा गठिन समितीले पहिलो चरणमा त्यस्ता संघ र पदाधिकारीलाई पत्राचार गरेर छलफल गरेको जनाएको छ । समितीका संयोजक पिताम्बर तिम्सिनाले अबको एक सातामा दुई वटा संघको विवाद समाधानको काम सकिने र दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारीहरुको काम पनि चाडै सकिने बताए ।

साथै उनले अहिलेसम्म १७ संघका पदाधिकारीले आफ्नो दोहोरो जिम्मेवारीबाट बाहिर जाने निर्णय गरेको बताउदै, विवादित संघलाई नयाँ कार्यसमिती गठन गर्ने की, तदर्थबाट चलाउने भन्ने टुंगो मन्त्रालयसंगको छलफलबाट गरिने बताए ।

साथै उनले करीव एक सय १७ वटा महासचिवहरु दोहोरो जिम्मेवारीबाट बाहिरीने बताउदै, त्यहि अनुपातमा उपाध्यक्षहरु र अन्य कर्मचारीहरुपनि संघको जिम्मेवारीबाट टाढिने बताए ।

Post Add 1025X115
Loading...