श्रीलंकाविरुद्धको टी-ट्वान्टी खेलमा न्युजिल्यान्ड ३५ रनले विजयी

0

श्रीलंकाविरुद्धको एक खेलको टी-ट्वान्टी सिरिज न्युजिल्यान्डले ३५ रनले जितेकाे छ ।

अक्ल्यान्डमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । उसकालागि एन्ड्रयु जोनले ४४ तथा स्कट क्रिस्टोफोरले अविजित ३५ रन जोडे । यस्तै रोस टेलरले ३३ रन बनाए ।

जवाफमा १८० रनको लक्ष्य पछ्याएको श्रीलंका १६ ओभर ५ बलमा १४४ रनमा समेटियो ।  उसका थिसरा परेराले ४३ तथा कुशल परेराले २३ रन बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन्र । श्रीलंकालाई कम स्काेरमा राेक्न इश सोधी र लोकी फेर्गुसनले ३/३ विकेट लिए ।

 

Post Add 1025X115

Loading...