बिपीएलमा आज ढाका विरूद्द खेल्दै सन्दीप

0

नेप्लेज, २८ पुस । नेपाली क्रिकेटर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिगमा आज आफ्नो तेस्रो खेल खेल्दैछन् ।

अघिल्लो खेलमा चिटगाउँ विरुद्धको खेलमा किफायती बलिङ गरेपनि विकेट लिन नसकेका सन्दिप आज टिममा परेको खण्डमा फेरि आफ्नो जादु देखाउन चाहन्छन । लिगको शीर्ष स्थानमा रहेको ढाका डाइनामाइट्स विरुद्ध सिलेटले खेल्ने खेल साझँ सवा ६ बजेदेखि सुरू हुनेछ ।

एभरेष्ट प्रिमियर लिगमा दुई खेल, त्यसपछि बिग बास लिगमा चार खेल र बंगलादेश प्रिमियर लिगको सुरुवात खेल गरी कुल सात खेलमा कुल १५ विकेट लिएका सन्दिप चिटगाउ विरुद्ध भने चार ओभरमा २१ रन दिँदा विकेट लिन सकेका थिएनन् । तर पनि उनले आफ्नो चार ओभरमा ब्याट्सम्यानलाई खेल्न गाह्रो भने गराएका थिए ।

उनको टिमले दुई खेलमा एक जित निकालेको छ । जसका कारण सिलेट लिगको चौथो स्थानमा छ । आी यदि सिलेट विजयी भएमा शिर्ष तीनमा पुग्न सक्नेछ ।

Post Add 1025X115
Loading...