कमजाेर ब्यवस्थापनकाे मारमा ठुलाे पुरस्कारकाे गाेल्डकप

0

नेपालमा आयोजना हुने गोल्डकपहरुमा सबै भन्दा धेरै पुरस्कार राशि भनेर चर्चामा आएको खप्तड गोल्डकपको तेस्रो संस्करण यतिबेला धनगढीमा चलिरहेको छ । २१ लाख रुपैयाँ विजेताले पाउने पुरस्कार राशि रहेको यो प्रतियोगिता हुुन अगाडी सुदुरपश्चिम फुटबल एकेडेमीमा अध्यक्ष सुरेश हमालले अघिल्ला दुई सस्करणमा ब्यवस्थापनमा केहि गुनासोहरु सुनेका थियो, तर यसपटक सबैलाई निराकरण गर्दै चुस्त ब्यवस्थापन गर्नेछौ भनेर सञ्चारमाध्यमलाई बताएका थिए । तर जव प्रतियोगिता सुरु भयो, प्रतियोगिताको ब्यवस्थापनमा धेरै गुनासाहरु आउन थालेका छन । र ती गुनासा नयाँ होइनन् प्राय पुरानै रहेका छन ।

२० जनाको आयोजक समिती रहेको यो गोल्डकपका लागि अध्यक्ष हमाल नै सबै तिर दौडनुपर्ने अवस्था पहिले पनि थियो अहिलेपनि त्यहि छ । जसका कारण प्रतियोगिताको ब्यवस्थापनमा ठुलो खाडल देखिएको छ । केहि कुरा गर्नपनि अध्यक्षलाई साध्नुपर्ने अवस्था, त्यसमा पनि कसले के गर्ने भन्ने प्रष्ट अधिकार नभएका कारणपनि खप्तड गोल्डकपको ब्यवस्थापनमा केहि गुनासाहरु आउन थालेका छन ।

यो प्रतियोगितालाई कभर गर्न काठमाडौं देखि नै पत्रकारहरु आएका छन, तर कमजोर ब्यवस्थापनका कारण उनीहरुपनि वाक्क भइसकेका छन । आयोजक कमिटीको एक जना आएर एउटा कुरा गर्ने अर्को आएर अर्को कुरा गर्ने भएकाले पनि उनीहरु प्रतियोगिताको ब्यवस्थापनबाट खुसी छैनन । आयोजकको कार्यसमितीमा रहेका ब्यक्तिहरु विच नै राम्रो संयोजन नहुँदा कसले के गरिरहेको छ, र के काम भयो, के बाँकी छ त्यो अन्तिम समयमा मात्र थाहा हुन्छ ।

अघिल्ला दुई संस्करणमा प्रतियोगिताको ब्यवस्थापनका बारेमा खेलाडीले नै केहि गुनासा पोखेका थिए । जसलाई आयोजकले अर्को पटकबाट नहुने आश्वासन दिलाएका थिए । पुरस्कार ठुलो भएपनि त्यहि अनुसारको ब्यवस्थापन नभएका कारण धनगढी रंगशालामा पुग्नेहरु केहि असन्तुष्ट रहदै आएका छन ।

त्यसो त एउटै ब्यक्तिले सबैमा ध्यान दिनुपर्ने भएकाले पनि यस्तो समस्या आएको भन्दा कम नहोला, युवाको बाहुल्यता रहेको यो प्रतियोगिताले देशभर फुटबलको माहोल पनि तताएको छ । ५ लाख पुरस्कार राशिबाट सुरु भएको प्रतियोगिता तेस्रो संस्करणमा पुग्दासम्म सबै भन्दा धेरै पुरस्कार राशिको प्रतियोगिता भएको छ । तर जसरी पुरस्कार राशि बढाउन जोड दिइएको छ, त्यहि अनुसार ब्यवस्थापनमा पनि जोड दिएमा यो प्रतियोगिता साच्चिकै सफल हुनेमा दुई मत छैन ।

फेरीपनि आयोजकले यो संस्करणको अन्तिमसम्ममा पुरस्कार राशि फेरी बढाउने मनसायमा रहेका छन । सबैमा आफैले हात हाल्ने भन्दा विभिन्न समिती गठन गरेर जिम्मेवारी दिए बढी प्रभावकारी हुने थियो की ? सुदुरपश्चिम जस्ताे ठाउँमा यति ठुलाे प्रतियाेगिता गर्नु चुनाैतीले नै भरिएकाे छ, तर पनि लगानी अनुसार यसलाइ ब्यवस्थापन गरे झन उचित हुने देखिन्छ ।

Post Add 1025X115
Loading...