चुनाैतीकाे भारी बाेकेका महिला क्रिकेटरकाे अग्नि परीक्षा थाइल्याण्डमा

0

नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले एलवी क्षेत्रीको ‘कप्तान १९९८’ को पुस्तक विमोचनमा भनेका थिए, ‘मलाई लाग्थ्यो, नेपाली टिम भन्दा महिला टिमले पहिले विश्वकप खेल्छ भनेर, तर परिस्थिती यस्तो बन्यो की नेपाली महिला टिमलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन कठिन हुने अवस्था आयो ।’

उनको यो भनाईबाट केहि हदसम्म नेपाली महिला टिमको बर्तमान अवस्थालाई दर्शाउछ । करीव डेढ बर्षपछि नेपाली महिला क्रिकेट टिमले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदैछ । पछिल्लो पटक थाइल्याण्डमा नै भएको एसीसी एसिया कप क्रिकेट छनोट खेलेपछि नेपाली टिम करीव १४ महिना प्रतियोगिता विहिन बन्यो । यो विचमा नेपाली महिला क्रिकेट टिमका सदस्यले के गरे कसरी प्रशिक्षण गरे भन्ने कसैले चिन्ता राखेनन् ।

तर एक महिना भित्रमा फेरी नेपाली महिला क्रिकेट खेलाडीले दुई वटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभगिता जनाउदैछ । जसकालागि नेपाली महिला खेलाडीले करिव तीन साताको बन्द प्रशिक्षण राखेको थियो । तर त्यो बन्द प्रशिक्षण खेलाडीका लागि खासै चित्त बुझ्दो भने भएन । कारण केहि दिन मुलपानीमा प्रशिक्षण गरे भने किर्तीपुरमा एभरेष्ट प्रिमियर लिग भइरहेको थियो । जव कीर्तिपुर मैदानमा प्रशिक्षणको मौका पाएका थिए, तर उनीहरुसँग उपयुक्त सुविधा भने थिएन । पुरानै शैलीमा मैदानमा पुगेर फिजिकल टेष्ट, ब्याटिङ र फिल्डिङ गर्ने अनि होटेल फर्किने बाहेक त्यति फरक सैलीको प्रशिक्षण भएन ।

म्याच प्राक्टिसको भरमा थाइल्याण्ड उडेको महिला क्रिकेटरलाई यसपटक दबावको थुप्रोले निकै थिचेको छ । कारण उनिहरुलाई पछिल्ला केहि बर्षमा खस्कदो अवस्थामा रहेको टिमको प्रदर्शनलाई उकास्नु पर्नेछ भने नेपालमा महिला क्रिकेट अझैपनि लयमा छ भनेर देखाउनु पर्नेछ । एक समय एशियाली देशहरुका अगाडी नेपाली टिम शिर्ष स्थानमा रहन्थ्यो । तर जतिजति समयले कोल्टे फेर्दै गयो अरु देशले नियमित सफलताको सिढी चड्दा नेपाल भने त्यहि सिढीमा तल झर्यो ।

यो कुरा, महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सिता रानामगर पनि स्विकार्छिन । उनी भन्छिन, ‘अरु एशियाली देशले आफ्नो कमजोरीलाई कम गर्दै नयाँ सैलीलाई अंगाल्दै क्रिकेटमा फोकस गरे, हामी जहाँको त्यहि रह्यो, अझ पहिलेको भन्दापनि तल झर्यो । यसको सबै कारण राम्रो घरेलु प्रतियोगिता नहुनु, खेलाडीलाई खेल्ने बाताबरण नहुनु नै हो ।’

सन् २००७ बाट सुरु भएको नेपाल पहिला क्रिकेट टिमको ग्राफ यस्तोसँग ओरालो लाग्योकी, अब नेपालले कुनैपनि प्रतियोगितामा सहभागिता जनाउदा समुह चरण पार गर्नसक्छ र भन्ने प्रश्न पहिले दिमागमा आउने भइसक्यो । यसको सबैको जड महिला क्रिकेटको बातावरण नेपालमा सुन्य नै हुनु हो । सुरूवातदेखि अहिलेसम्म हेर्दा महिला खेलाडीहरू एकपछि अर्काे रूपमा खेलबाट टाढा भइरहेका छन । अहिलेकाे टिममा मुस्किलले चार जना अनुभवी खेलाडी टिममा छन ।

यसपटक नेपालले दुई वटा प्रतियोगिमा सहभागिता जनाउदा थाइल्याण्ड टी–२० स्म्यासमा नेपाली खेलाडीको असलियन थाहा हुनेछ । किनकी महिला क्रिकेटमा टेष्ट मान्यता पाएपछिका बलिया टिमले सहभागिता जनाउदैछन । जसमा नेपालको स्तर कहाँ रहेछ भन्ने प्रष्ट हुन्छ । यसमा टिमका प्रशिक्षक विनोद दाशपनि सहमत रहेका छन ।

पहिलो पटक महिला टिमलाई सम्हालेका दाशले भने ‘नेपाली टिममा म्याच एक्पोजरको निकै कमि छ, जसले गर्दा खेलाडीमा आत्मविश्वासमा केहि कमि पाएको छु । थाइल्याण्ड स्म्यासको उपाधि जित्ने लक्ष्य रहेपनि, खेलाडीको परिक्षाका रुपमा यो प्रतियोगिता रहेको छ । यो प्रतियोगिताबाट हामी गल्ति औल्याउदै टी–२० एसिया क्षेत्रको छनोटमा राम्रो गर्नेछौ ।’

प्रतियोगितामा थाइल्याण्डसंगै, नेपाल, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा तान्जिनियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले तन्जिनियाविरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

Post Add 1025X115

Loading...
P