थाइल्याण्ड विरूद्द जित निकालेकाे भारत युएईसँग पराजित

0

युएईमा जारी एसियन कपमा भारतले पहिलाे हार ब्यहाेरेकाे छ । गएराति भएकाे खेलमा भारत घरेलु टिम युएईसँग २ – ० गोल अन्तरले पराजित भयाे ।

जियाद स्पोर्ट्स सिटी स्टेडियममा भएकाे खेलकाे ४१ औं मिनेटमा  खल्फान मुबारकले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । पहिलाे हाफमा एक गाेलकाे अग्रता बनाएकाे युएइले ८८ औं मिनेटमा अली अहमेदले युएईकाे अन्तर २ – ० मा पुर्याए । त्यसपछि पनि भारतले खेलमा फर्कने माैका पाएपनि सफल भएन र पहिलाे हार ब्यहाेर्याे ।

भारतसँगको जितसंगै युएई समूह ‘ए’ काे शीर्ष स्थानमा उक्लिएको छ । उसकाे ४ अंक भएको छ भने भारत ३ अंकसहित दोस्रो स्थानमा छ ।

 

Post Add 1025X115
Loading...