रोनाल्डोमाथि लस भेगास प्रहरीद्वारा वारेन्ट जारी

0

पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनएन नमुनाका लागि वारेन्ट जारी गरेको छ।

अमेरिकाकी मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको प्रहरीले जनाएको छ । ३३ वर्षीय रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति जायज रहेको बताएका छन् ।

लस भेगास प्रहरीको वारेन्ट इटालीको अदालती संरचना मार्फत पठाइएको हो । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । पूर्व मोडल मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । तर रोनाल्डोले भने आरोप अस्विकार गर्दै आएका छन् ।

Post Add 1025X115
Loading...