एशियन कपमा थाइल्याण्डकाे पहिलाे जित

0

एएफसी एशियन कपमा थाइल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा थाइल्याण्डले बहराइनलाई एक शुन्यले हरायो ।

दुबईमा भएको खेलमा थाइल्याण्डको जितमा सोङकार्सिनको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५८ औं मिनेटमा सोङकार्सिनले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि बहराइन खेलमा फर्कन सकेन र पराजित भयो । प्रतियोगितामा समुह ए मा रहेको थाइल्याण्डले दुई खेलमा पहिलो जित निकालेको हो । यता बहराइनले लगातार दोस्रो हार ब्यहोरेको छ ।

Post Add 1025X115
Loading...