साइपाल तेश्रो बुम महिला बास्केटबल प्रतियोगिताको फाइनलमा

0

काठमाडौं, २६ पुस । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित ग¥यो । साइपालकी सविता लुइटेलले १४ अंक जोडिन् । समृद्धि राउन्ड रोविन लिगमा पनि साइपालसंग ४३–३६ ले चुकेको थियो ।

साइपालले सुरुका तीन क्वाटरमा १४–८, १०–४ र १८–८ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटर १२–१२ को बराबरीमा सकियो ।

हारका बावजुद समृद्धिले फाइनल प्रवेशका लागि काठमाठौं नर्थ पोल बास्केटबल क्लब प्लेअफ खेल्ने अवसर पाउने छ । शुक्रबार हुने प्लेअफको विजेताले उपाधिका लागि साइपालसंग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

नर्थ पोलले आयोजक बीएमकेलाई ३९–२९ ले हराउदै प्लेअफमा स्थान पक्का गरेको हो । नर्थ पोलकी सन्जु राईले १३ स्कोर गरिन् । राउन्ड रोविन लिगमा भने बीएमकेले नर्थ पोललाई ३२–२० ले पराजित गरेको थियो ।

पहिलो क्वाटरमा १४–६ को अग्रता लिएको नर्थ पोल दोश्रोमा १०–१० को बराबरीमा रोकियो । तेश्रो क्वाटरमा नर्थ पोल ७–४ ले अगाडि रह्यो भने चौथोमा ८–९ को झीनो अन्तरले पछि प¥यो ।

Post Add 1025X115

Loading...