एकपछि अर्काे सम्मान थाप्न ब्यस्त स्वर्णधारी महेश्वर महर्जन

0

नेप्लेज, २६ पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर महर्जन पछिल्लाे पटक सम्मान थाप्नमा ब्यस्त बनेका छन् । उपाधिसँगै नेपाल फर्किएपछि एकपछि अर्काे संस्थाले उनलाइ सम्मानकाे ओहिरो नै लगाएका छन् । कतिपयले राम्रै रकममा सम्मान गरेका छन् भने कतिपयले ताम्रापत्र मात्र पनि दिएका छन् ।

महर्जनलाई संघले ३ लाखबाट सम्मान गरेकाे थियाे भने अब सरकारले ७ लाख सहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले यसअघि नै पुरस्कार सहित सम्मान गर्ने भने पनि अन्तिम समयमा स्थगित भएकाे थियाे । स्वर्णपदक सहित नेपाल फर्किएपछि महर्जनले आधा  दर्जन भन्दा बढी सम्मान ग्रहण गरिसकेका छन् ।

याेपनि पढ्नुहाेसः खेलाडीकाे सम्मानमा किन कन्जुस्याइँ सरकार ?

करीव ७ लाख रूपैयाँ खर्च गरेर विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका महर्जन अब ओलम्पियामा सहभागिताका लागि तयारीमा छन् । जसकालागि उनि आर्थिक स्राेत जुटाइरहेका छन । उनलाई यसअघि थाइल्याण्डमा एनआरएनले दुई लाख २५ हजारबाट, शुभतारा स्कुलले ५० हजार, बडिबिल्डिङ संघले तीन लाखले सम्मान गरेको थियो ।

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि बधाई दिदै आर्थिक सम्मान गर्ने आश्वासन पनि गरेका थिए । यस्तै खेलाडी तथा प्रशिक्षक संघले पनि उनलाई ५० हजारले सम्मान गरेको थियो ।

थाईल्याण्डको चाङमईमा भएको १० औ विश्व च्याम्पियनसिपमा महर्जनले पुरुष ७५ केजी तौल समुहमा स्वर्ण जितेका थिए । उनलाइ राखेप र खेलकुद मन्त्रालयले संयुक्त रुपमा सम्मान गर्ने भएकाे छ ।

 गत पुस १ गते थाईल्याण्डमा भएको वल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस च्याम्पियनसिपमा महेश्वरले ऐतिहासिक पदक जित्न सफल भएका थिए । उनले भारत र सिंगापुरका खेलाडीलाई पछाडी पार्दै ७५ केजी स्पर्धामा स्वर्ण जितेका हुन् ।

Post Add 1025X115
Loading...