कोपा डेल रेमा लेगानेसबिरुद्ध रियलको जित

0

नेप्लेज, २६ पुस । स्पेनिस युवा स्टार ब्राहिम डियाजले डेब्यू गरेको खेलमा स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत प्रिक्वाटरफाइनल चरणको पहिलो लेगमा रियल मड्रिडले लेगानेसलाई ३-० गोलले पराजित गरेको छ ।

इंग्लिस क्लव म्यान्चेस्टर सिटीबाट गत सातामात्रै १५ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका १९ वर्षीय डियाजले रियलका लागि ७८औं मिनेटमा डेब्यू गरे ।

उनले भिनिसियस जुनियरलाई प्रतिस्थापन गरेका हुन्, जसले ७७औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए ।
सर्जियो रामोसले पेनाल्टीमार्फत आफ्नो करिअरको सयौं गोल गरेपछि पहिलो हाफमा रियलले १-० को अग्रता लिएको थियो । ६८ औं मिनेटमा लुकास भाज्क्वेजले अर्को गोल थपे ।

दोस्रो लेग अर्को साता लेगानेसको घरेलु मैदानमा हुनेछ ।

अन्य खेलमा एट्लेटिको मड्रिडले गेटाफेसँग एक एक गोलको बराबरी खेलेको छ भने भ्यालेन्सिया स्पोर्टिङ गिजोनसँग २-१ गोलले पराजित भएको छ ।

Post Add 1025X115
Loading...