नेपाललाई पराजित गरि एशियन कपमा छनौट भएको यमनको कथा

0

एशियन कपको फाइनल चरणका लागि छनौट हुनु यमन फुटवलका लागि चानचुनो उपलब्धी होइन । त्यो पनि पहिलो पटक । युद्ध र भोकमरीका कारण अरब क्षेत्रको सवैभन्दा गरिब राष्ट्र यमनका लागि यो कुनै चमत्कार भन्दा कम होइन् ।

यमनको कथा साधारण फुटवल टिमले विभिन्न बाधा व्यवधानहरु छिचोलेर प्राप्त गरेको सफलता जस्तो होइन् । यमनको कथामा अतिबादीहरुले खेलाडी अपहरण गरेको केही पहाडमा लडाइ लडिरहेको र केहीले ज्यान गुमाएको कथा सामेल छ ।

संयुक्त अरब इमिरेट्समा जारी एएफसी एशियन कपमा यमन, इराक, इरान र भियतनाम रहेको समूह डी मा छ । उसले आफ्नो पहिलो खेलमा इरानसँग ५–० गोलको फराकिलो हार को सामना गर्यो । तर यमनका लागि खेलको नतिजाले त्यति धेरै फरक पार्दैन । युद्ध र भोकमरीमा रुमलिएको यमनलाई फुटवलले थोरै डिग्रीमा भए पनि राहत प्रदान गरेको छ ।

यमन प्रतियोगिताकै अन्डरडग टिम हो । फिफा वरियतामा यमन एक सय ३५ औं स्थानमा छ । जबकी इरान २९ औं स्थानमा । यमनमा फुटवलका गतिविधी शून्य छन् । फुटवल मैदानमा फुटवल खेल हुदैन् । घरेलु लिग रोकिएको छ । स्टेडियम खन्डहरमा परिणत भएका छन् । क्लबहरु तितरवितर छन् । यो सवै युद्धको सिधा प्रभाव हो । अन्तराष्ट्रिय मान्यता प्राप्त हादी र हुदी समुह बीचको युद्धले यमनलाई गहिरो पिडामा धकेलेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धका कारण ६८ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने हजारौं घाइते छन् । भोकमरी र रोगले त्रासलाई अझ बढावा दिएको छ । सेभ द चिल्ड्रेनको तथ्याङक अनुसार पांच वर्ष भन्दाकम उमेरका ८५ हजार बालबालिका कुपोषणका कारण ज्यान गुमाउन बाध्य भएका छन् । १४ मिलियन नागरिकलाई भोकमरीको खतरा रहेको संयुक्त राष्ट्र संघको तथ्यांक छ ।

यो युद्धले यमनलाई अहिले दुई भागमा बिभाजित पनि गरेको छ । राष्ट्रपति हादीको समर्थनमा रहेको साउदी गठबन्धनलाई अमेरिका र वेलायतले साथ दिइरहेका छन् । जसको चर्को आलोचना भइरहेको छ । हुथीलाई इराकको समर्थन छ । जसले राजधानी सना सहित उत्तर पश्चिम क्षेत्रमा आफ्नो नियन्त्रण जमाएको छ ।

उत्तरी पहाडी क्षेत्रमा आफ्नो नियन्त्रण जमाइरहेको छ । अल कायदा र अरु स–सना समूहहरुले पनि बेला बेला आफ्नो उपस्थिति जनाइरहेका छन् ।

भत्किएका घर र कठोर परिस्थतिमा पनि यमनका नागरिक आफ्नो जीवन बाँचीरहेका छन् । यी सवका बाबजुत यमन अन्तराष्ट्रिय फुटवलमा छ ।

कठिन छ अवस्था तर खेलाडी फुटवलमानै बढी केन्द्रित छन् । तर सहज भने छैन् । केहीले यमन भन्दा बाहिरको क्लबबाट खेहिरेका छन् । धेरै जसोले कतारमा खेल्छन् । तर जो अझैपनि यमनमानै छन् उनीहरुका लागि भने पछिल्लो चार वर्षयता अन्तराष्ट्रिय प्रतियोगिता मात्र एक्सपोजरको अवसर हो ।

केही क्लबहरुले अझै पनि स्थायिन स्तरमा प्रतियोगिता गर्न सफल भइरहेका छन् । एउटा स्थानिय प्रतियोगिता भइरहेको समयमा आकाशमा रकेट उडिरहेको थियो । तर समर्थक प्लास्टिकको कुर्सीमा बसेर फुटवल खेल खेलिरहेको दृश्य भाइरल बनेको थियो । यसले पुष्टि गर्छ यमनीहरुको फुटवलप्रतिको क्रेज र समर्पन ।

यमन राष्ट्रिय फुटवल टिमका नयाँ प्रशिक्षक यान कोचियनका सामु प्रमुख अन्तराष्ट्रिय प्रतियोगिताका लागि टिम तयार गर्नु निकै चुनौतीपूर्ण छ । अझै पनि ती खेलाडी भाग्यमानी हुन् जो सुचारु रहेका क्लबमा आबद्ध छन् । उनीहरुले पकेट मनी कमाइरहेका छन् । धेरै खेलाडीहरु जीवीकोपार्जनका लागि ट्याक्सी चलाउन , सुपर मार्केटमा काम गर्न बाध्य छन् । केही खेलाडीले युद्ध समेत लड्नु प¥यो । यमनका केही अन्तराष्ट्रिय खेलाडीले युद्धका क्रममा ज्यान समेत गुमाए ।

मैले पैसा कमाउनका लागि अरु केही कामका बारेमा सोच्नु पर्ने बेला आएको छ – अम्मद अमर तलालले क्षतीग्रस्त भएको रंगशालाको छेउमा उभिएर सञ्चारकर्मीसँग भने । यो मैदान यमनको सवैभन्दा ठूलो क्लब मध्यको एक अल तिलालको हो । सोही मैदानमा अभ्यासमा भेटिएका अम्मदले भने ‘सायद म चाँडै आर्मी ज्वाइन गर्छु ।’

कोचियन टिमका एक सदस्यले भने ‘फुल टाइम जागिरका बाबजुत म पैसाका लागि संघर्षरत छु । तर पनि एशियन कपको लागि यमन टिमबाट आफ्नो यात्रा तय गरिरहेको छु ।’

यमन फुटवल संघ विरुद्धको आलोचना पनि तीव्र छ । सवै परिस्थतीबाट खेलाडी सचेत छन् । फुटवल संघ संघर्षरत समूहको चेपुवामा परेको छ । जसका कारण उसले एशिया कपको लागि ठोस तयारीको आयोजना गर्न सकेन् ।

आलोचकहरुका अनुसार ट्रेनिङ क्याम्प नोभेम्बर अघिनै राखिसक्नु पर्ने थियो । तर आर्थिक रुपमा कठिन छ । सहज रुपमा सिमा पार गर्ने वातावरण छैन् ।

एशियन कपको छनौट खेलेर फर्किदै गर्दा एक खेलाडी चरमपंथी समूहको अपहरणमा परे । गुमनान रहन चाहेको बताउने ती खेलाडीले दाबी गरे अनुसार उनले ४८ घन्टा देशको अति खतरनाक क्षेत्रको यात्रा गरे ।

एशिया कपको तयारी आउनै लाग्दा टिमको साथ राजनीती पनि सुरु भयो । डिसेम्बरको सुरुवातमा साउदी अरबले यमन टिमलाइ अभ्यासका लागि कतार भ्रमण र केही मैत्रीपूर्ण खेल खेल्न बाट बञ्चित गरिदियो । त्यसपछि यमनलाई हतारमा मलेसिया पठाइएको थियो ।


यमनको फुटवल इतिहास त्यती गर्विलो छैन् । यमनले अहिलेसम्म अरेबियन गल्फ कपको उपाधी जित्न सकेको छैन् । जबकी क्षेत्रीय प्रतियोगिता उसले २७ पटक खेलिसकेको छ । तर २०१९ को एशिया कप छनौटमा भने यमनले दुई खेलमा जीत हात पार्दा चार खेल बराबरी गर्याे ।

यमनले छनौट चरणको होम गेम कतारमा खेलेको थियो । करिब एक सय समर्थक कतारको स्टेडियममा यमन टिमको चेयर अप गर्न पुगेका थिए । तर यमनमा यसको छुट्टै रौनक थियो । उनीहरु सुखद समाचार सुन्न आतुर थिए । भने पनि त्यस्तै गत मार्चमा यमनले नेपाललाई पराजित गर्दै एशिया कपमा स्थान बनायो ।

यद्यपी छनौट अवधिमा यमन टिम सम्हालेका इथोपियन प्रशिक्षक अब्राहम मेब्रतुले तीन महिना पछि छोडे । उनले टिममा आर्थिक समस्या भएको गुनासो गर्दै आफ्नो राष्ट्रिय टिम सम्हालने अवसर छोड्न नसक्ने भन्दै यमन छोड्ने निर्णय गरेका थिए । नेपाल विरुद्ध जीत हातपारेपछि यमनको बेरोजगार टिमले जम्मा तीन मैत्रीपूर्ण खेल खेल्यो ।

स्लोभाकियन प्रशिक्षक काचियनले राजनितीले फुटेको यमनलाई जसरी पनि फुटबलले जोड्ने प्रयास गर्दैछन् ।

Post Add 1025X115
Loading...