त्याे फ्लाइट, जसले च्याम्पियन टिम र प्रशिक्षकलाई फेरी भेट्न दिएन

0

बिल लिएभेस्ले स्कुलबाट फर्किएका मात्र थिए , उनकी आमा नजिक आएर भनिन मानिसहरुले विमान दुर्घटना बारे कुरा गरिरहेका छन् ।

टुरिनको बाहिरी क्षेत्र सबै बन्द गरिएको छ । सुर्पेगा पहाडमा विमानको भग्वनावषेशहरु भेटिएका छन । जुन पहाड टुरिन शहरमा रहेको सात सय मिटर अग्लो विशाल क्याथोलिक चर्च बेजिलिकाको पछिल्तिर अवस्थित छ ।

खोजकर्ताले टुटेफुटेको सुटकेस र मृत शरीर भेट्टाए । दुर्घटनामा परी ज्यान गुमाउनेहरुको पहिचान हुन थाल्यो । ज्यान गुमाउने सवै ३१ जना मध्ये २३ जना इटालिनय च्याम्पियन क्लब टोरिनोका खेलाडी, प्रशिक्षक र पदाधिकारी थिए ।

सन १९४९ मे ४, इटालियन क्लब टोरिनो लगातार पाँचौ पटक लिग उपाधि नजिक थियो । सिजनको चार खेल मात्र बाँकी नै थियो । यही बीचमा टोरिनो बेनिफाकाका खेलाडीको सम्मानमा आयोजना गरिएको मैत्रीपूर्ण खेलका लागि पोर्चुगलको लिस्बन तर्फ लाग्यो ।

तर लिस्बनबाट टिम फर्किएको दिन भने इटलीयन फुटवलको इतिहासमै सवैभन्दा पीडादायी र कालो दिनको रुपमा दर्ज भयो । लिस्वनबाट फर्किंदा टोरिनो टिमका सवै खेलाडीको विमान दुर्घटनामा परि मृत्यु भयो । मारिनेमा हंगेरियन जेविस ब्यबस्थापक जसलाइ नाजी बाट मुक्त गरिएको थियो र इङलिस प्रशिक्षक लेस्ली लिएभेस्ले पनि समावेश थिए । म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिएभेस्ल यो भन्दा अघि तीन पटक विमान दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । सुर्पेगा विमान दुर्घटनाका बेला उनका छोरा बिल मात्र एघार वर्षका थिए ।

अपरान्हसम्ममा इटालीको उत्तरी शहरमा विमान दुर्घटनाको समाचार तीव्र रुपमा फैलियो । साँझसम्ममा यो खबर डिफेन्डर साउरो टोमाको कानसम्म पनि पुग्यो । उनी चोटका कारण टिमको लिस्बन भ्रमणमा थिएनन् । भावुक बनेका समर्थकले उनलाई सडकमै घेरे । सन् २०१८ मा ९२ वर्षको उधेरमा निधन हुनु अघि उनले भनेका थिए, ‘मैले मेरो पूरै जीवन सजाय काटे जसरी बाँच्न पर्यो तर अन्यले परेन ।

बाक्लो कुहिरोका कारण विमान बेजिलिकाको पर्खालमा ठोक्किएको अनुमान गरियो । तर, पछि निश्कर्ष के निकलियो भने– खराब उपकरणले चालकलाइ यो विश्वास भयो कि आफ्नो अगाडी रहेको विशाल भवनका बारेमा म स्पष्ट छु । त्यति वेलासम्म धेरै ढिला भइसकेको थियो ।

विमान दुर्घटनाको दुइ दिन पछि आफ्ना प्रिय खेलाडीको अन्तिम विदाइमा पाँच लाखभन्दा बढी समर्थक इटालीको सडकमा भेला भएका थिए । टोरिनोलाइ विपक्षीहरुको आग्रहमा सिरी ए को उपाधी सम्मान स्वरुप प्रदान गरिएको थियो । उसका प्रतिद्धन्दीहरुको भनाइ थियो की टोरिनोलाई भाग्यले मात्र जीत्न सकिन्थ्यो । भनिन्छ– यो टोलीले इतिहासमा अपराजित मात्र होइन अमरको स्थान बनायो ।

अर्को सिजन शीर्ष डिभिजनका प्रत्येक क्लबलाई आफ्ना केही खेलाडी टोरिनो पठाउन आग्रह गरियो । जसको उद्देश्य टोरिनोलाई पुनः जागृत गराउनु थियो । १९४९–५० को सिजन युभेन्टस च्याम्पियन बन्यो । टोरिनोले छैटौं स्थानमा रहँदै लिग टुंग्यायो । १९७५–७६ मा सातौं उपाधी जितेयता टोरिनो लिगमा पहिलो हुन सकेको छैन । यो सिजन शहरी प्रतिद्वन्द्वी युभेन्टस लगातार आठौं लिग उपाधी नजिक छ ।

सुर्पेगा विमान दुर्घटना सदैव टोरिनोको पहिचानको केन्द्रमा रहेको छ । यसको लेगेसीलाई कसैले पनि विर्सिएका छैनन् । हरेक वर्ष विमान दुर्घटना भएको स्थानमा मानिसहरु भेला हुने गर्छन । यो वर्ष दुखद घटनाको ७० वर्ष पुग्दैछ । यस पटक बिल लिएभेस्ले पनि स्मृति सभामा सहभागी हँदैछन् । उनको यो दोस्रो सहभागिता हुनेछ । पहिलो पटक उनी सन् २००९ मा ६० औं वार्षिकीमा सुर्पेगा गएका थिए ।

लेस्ली लिएभेस्ले १९४७ मा पत्नी र छोरासहित उत्तरी इटाली सिफ्ट भएका थिए । टोरिनोमा जानका लागि उनले डच क्लब हेराकल्स अल्मेलोको नेतृत्व त्यागे । उनले मार्शेको प्रस्ताव पनि अस्वीकार गरेका थिए । १९४७–४८ को सिजमा टोरिनोले ४० खेलमा एक सय २५ गोल गरेको थियो । चौथो उपाधी जित्दा उसले कीर्तिमानी ९२ भन्दा माथि गोल अन्तर कायम गरेको थियो । सुर्पेगा विमान दुर्घटना अघिसम्म टोरिनो घरेलु मैदानमा नहारेको ६ वर्षभन्दा बढी भइसकेको थियो । १९४८ मे मा अलेसान्द्रियाविरुद्ध हात पारेको १०–० गोल अन्तरको जित अहिलेसम्म सिरी ए मा कसैले तोड्न सकेको छैन ।

सो समयमा टोरिनो इटालियन समर्थकको प्रिय क्लब थियो । टोरिनोका अधिकांश खेलाडी इटलीको राष्ट्रिय टिमका सदस्य थिए । दोस्रो विश्वयुद्धपछि मानिसहरुलाई एकताबद्ध गर्ने र मनोरञ्जन प्रदान गर्ने एकमात्र साधन फुटवल बनेको थियो । त्यस बेलाको टोरिनोका खेलाडीमा ब्यक्तिगत क्षमता अतभुत थियो । त्यही क्षमतालाई उनीहरुले समुहमा बदले । भनिन्छ, त्यस वेलाको इटालीलाई विश्वसामू टोरिनोले नयाँ ढंगले प्रस्तुत गर्ने काम गरिरहेको थियो । यो विमान दुर्घटनाले भने इटलीयन जनताकाे मन छिया छिया पारिदियो ।

Post Add 1025X115

Loading...