उत्कृष्ट खेलाडीमा मनाङकाे बर्चश्व, खवास बने उत्कृष्ट स्ट्राइकर (भिडियाे)

0

नेप्लेज । पल्सर शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी च्याम्पियन बन्दा विधागत रुपमा उत्कृष्ट हुनेमा पनि मनाङकै खेलाडीको बर्चश्व रह्यो ।

उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ भने उत्कृष्ट डिफेन्डर थ्रीस्टारका रञ्जित धिमाल बने ।

बेष्ट मिडफिल्डर मनाङकै हेमन गुरुङ ठहरीए भने उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवास बने । उनले लिगमा सात गोल गरेका थिए । उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ घाेषित भए ।

विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले एक थान पल्सर मोटरसाइकल र ५० हजार रुपैयाँ पाए । प्रतियोगिताको फेयर प्ले टिम ब्रिगेड ब्याइज बन्यो ।

यस्तै मणि विक्रम शाहकाे नाममा याे वर्षदेखि शुरू गरिएकाे उत्कृष्ट उदयीमान खेलाडीकाे उपाधि त्रिभूवन आर्मी क्लबका विकास खवास घाेषित भए । उनले एक लाख नगद पुरस्कार पाए ।

उत्कृष्ट उदयीमान युवा खेलाडी  त्रिभूवन आर्मी क्लबका विकास खवास
उत्कृष्ट गाेलकिपर मनाङ मर्स्याङ्दी क्लबका विशाल श्रेष्ठ
उत्कृष्ट डिफेन्डर थ्रीस्टार क्लबका रञ्जित धिमाल

 

उत्कृष्ट मिडफिल्डर मनाङ मर्स्याङ्दी क्लबका हेमन गुरूङ
उत्कृष्ट फरवार्ड त्रिभुवन त्रिभूवन आर्मी क्लबका भरत खवास
उत्कृष्ट प्रशिक्षक मनाङ मर्स्याङ्दी क्लबका सुमन श्रेष्ठ
Post Add 1025X115

Loading...
P