नेपाली लिगमा विदेशी खेलाडीकाे रवाफ

0

सहिद स्मारक ए डिभिजन लिग अन्तिम अन्तिममा पुगेको छ । लिगमा अब दुई खेल बाँकि हुँदा कुन टिम कुन स्थानमा रहे भन्ने एकिन भइसकेको छ । यस्तो अवस्थामा बाँकि भनेको मनाङले उपाधि उचाल्न बाँकि छ भने अरु शिर्ष ६ स्थानमा आउने टिमले चेक हात पार्न कुरिरहेका छन ।

यसपटकको लिगमा नेपाली खेलाडीको प्रदर्शन हेर्दा विदेशी खेलाडीको प्रभाव बढि देखियो । विभागिए टिम बाहेक अरु ११ क्लवले ३० जना विदेशी खेलाडीलाई अनुबन्ध गर्यो । जसमा २८ अफ्रिकन र २ सार्क राष्ट्रका खेलाडी छन ।

लिगमा विभागिए बाहेक ठुला होस या साना क्लव सबैले जित निकाल्दा विदेशी खेलाडीमा धेरै निर्भर भएको पाइयो । चाहे त्यो पुछारका एनआरटी मच्छिन्द्र, फ्रेन्डस्ले ठुला क्लव विरुद्ध गोल गर्दा होस या शिर्ष क्लवले साना टिम विरुद्ध विजयी हुदा विदेशी खेलाडीले गोल गरेका छन । लिगमा २२४ गोल हुदा सबै भन्दा धेरै मनाङले २३ गोल गर्यो ।

लिगमा एक सय जनाले गोल गर्दा सहभागि ३० विदेशी खेलाडीमा २० जनाले गोल गर्न सफल भए । जसमा सबै भन्दा धेरै गोल गर्ने खेलाडीमा अफिज ओलाओले रहे । उनले एक खेल बाँकि हुदा सात गोल गरेका छन ।

त्यसपछि सरस्वतीबाट खेलेका भिक्टर, फ्रेन्ड्सबाट खेलेका फ्रान्सिस,संकटाबाट खेलेका सेड्रिक अवा र इलोन म्याक्सवेलले ४–४ गोल गरे । यतिमात्र होइन,मनाङका एडीजेलाले पनि चार गोल विपक्षीको पोष्टमा छिराए ।

ब्रिगेड ब्याइजबाट खेलेका काजिमले तीन गोल गरे भने एनआरटीका कोउसी जोन डी, मच्छिन्द्रका भासाडीया, फ्रेन्ड्सका फोफाना, जाउलाखेला फोपी फोफान, हिमालेन शेर्पाका प्याट्रिक, ब्रिगेड ब्याइजका अब्दु निशा, मच्छिन्द्रका एडीमोलाले लिगमा एक एक गोल गरे ।

यी बोहक अरु विदेशी खेलाडीमा शेर्पाका एल्रीच सेवी, मच्छिन्द्रका खामिर, जाउलाखेलका ओलालेकीन, एनआरटीका रुजीत, थ्रीस्टारका मार्टिन्स र अबाङ अल्बर्टले एक एक गोल ठोके । यतिमात्र होइन अरु गोल गर्ने विदेशी खेलाडीमा एनआरटीका मासोद अग्बोला, ब्रिगेड ब्याइजका ताजुदिन र सरस्वतीले ओलुसोला इब्राहिमले पनि एक एक गोल गर्न सफल भए ।

यसको अर्थ लिगमा विदेशी खेलाडीमा ८० प्रतिशत खेलाडीले विपक्षी विरुद्ध गोल गर्न सफल रहे । जसको फाइदा साना क्लवले मात्र होइन, ठुला क्लवले पनि लिए । मनाङ, संकटा जस्ता शिर्ष दुई टिमले निकै खेलमा विदेशीको भरमा खेल जितेका छन ।

कुन टिमका खेलाडीले कुन खेलमा गोल गरे

१७६ खेलमा ३३ खेलमा विदेशी खेलाडीले 

मनाङले ब्रिगेड ब्याइज विरुद्ध ३–१ को जित निकाल्दा अफिज ओलाओले २ गोल गरे भने मनाङले एनआरटीलाई २–१ हराउदा ओलाओलेले एक गोल गरेका थिए । यस्तै संकटाले लिगको पहिलो खेलमा जित निकाल्दा सेड्रिक अवाले गोल गरेका थिए । ब्रिगेड ब्याइजले एपीएफलाई ३–१ ले पाखा लगाउदा ताजुदिन र काजीमले गोल गरेका थिए । यस्तै सरस्वतीले फ्रेन्डस् विरुद्ध तीन शुन्यको जित निकाल्दा फ्रान्सिस र ओलुसुलो इब्राहिम तथा भिक्टरले गोल गरेका थिए ।

थ्रीस्टारले एनआरटी विरुद्ध एक शुन्यको जित निकाल्दा मार्टिन्सको गोल निर्णायक बनेको थियो । यस्तै सरस्वतीले ब्रिगेड ब्याइजलाई पछि पार्दा फ्रान्सिस नायक बनेका थिए । मनाङले एपीएफलाई हराउँदा एडीजेलाले गोल गरेभने संकटाले च्यासललाई हराउदा म्याक्सवेलले गोल गर्न सफल भए ।

मनाङले सरस्वतीलाई हराउँदा अफिज ओलाओलेले गोल गरे भने फ्रेन्डसले मच्छिन्द्रलाई पाखा लगाउदा फोफोनाको गोल निर्णायक बन्यो । यस्तै थ्रिस्टार विरुद्ध सरस्वतीकालागि भिक्टरले गोल गरेका थिए । यस्तै संकटाले एनआरटीलाई हराउदा म्याक्सवेलले गोल गरेका थिए । मनाङले मच्छिन्द्रलाई हराउदा अफिज ओलाओले गोल गरे भने एनआरटी विरुद्ध सरस्वतीले जित निकाल्दा भिक्टरले गोल गर्न सफल भए ।

यस्तै हिमालयनलाई हराउदा संकटाका सेड्रिक अवाको गोल निर्णायक बनेको थियो । एपीएफलाई हराउँदा जाउलाखेलका लोवेलको गोल महत्वपुर्ण बनेको थियो । फ्रेन्डसलाई हराउँदा संकटाका म्याक्सवेल र इरनेस्ट टाम्पाले गोल गरे भने च्यासललाई हराउदा मनाङका एडीजेला सोमिडी, अफिज ओलाओलले गोल गरे ।

जाउलाखेललाई हराउदा संकटाका सेड्रिक अवाले २ गोल गरेका थिए भने च्यासलसँग हार्दा एनआरटीका लागि मोसोद अग्बोलाले गोल गर्न सफल भएका थिए । एपीएफलाई हराउँदा ब्रिगेड ब्याइजका ताजुदिन एडुलुनी र काजीम एडीजोकीले गोल गर्न सफल भए । फ्रेन्डसलाई हराउदा सरस्वतीका तीन विदेशी खेलाडीले गोल गरेका थिए । जसमा फ्रान्सिस, ओलुसुलो, भिक्टोर थिए । एनआरटी र मच्छिन्द्रको खेलमा ५–५ गोल हुदा विदेशी खेलाडीले २–२ गोल गरेका थिए ।

नेपालमा कस्ता किसिमका विदेशी खेलाडी आउछन भन्ने प्रश्न आफैमा रहदै आएपनि लिग खेल्न आउने विदेशी खेलाडीको भरमा धेरै क्लव रहदै आएका छन । जसका कारण कोहि टिमले राम्रो नतिजा निकाल्छन भने कतिपयको प्रदर्शन टिठ लाग्दो हुन्छ । यसपटकको लिगमा पनि मच्छिन्द्र, जाउलाखेल, फ्रेन्ड्स, सरस्वती सबैले विदेशी खेलाडीको भरमा परेका थिए । तर उनीहरु साचेको जस्तो चल्न नसक्दा टिमको प्रदर्शन पनि खस्किएको थियो ।

कारवाहीमा पर्ने बढी विदेशी खेलाडी

गोल गर्ने हिसावले मात्र होइन विदेशी खेलाडी कारवाहीमा पर्नेमा पनि अगाडी रहे । लिगमा धेरै गोल गर्ने ओलाओले ५ पहेलो कार्ड खान पुगे । उनीसँगै जाउलाखेलका एडामाले पनि ५ वटा पहेलो कार्ड खाए । पहेलो कार्ड पाउने एक सय ४२ खेलाडीमा २३ विदेशी खेलाडीले पहेलो कार्ड पाए । जसमा बढीपटक पहेलो कार्ड पाउने शिर्ष ५ खेलाडीमा विदेशी नै छन ।

ओलाओले र एडामाले ५–५ पटक पहेलो कार्ड पाएका छन भने डेडी जुनियर, फ्लोरेन्ट, इलोन म्याक्सवेलले चार चार पटक पहेलो कार्ड पाए । २३ खेलाडीले ५८ पटक यसपटको लिगमा पहेलो कार्ड खाए । रातो कार्ड खाने कुल १० खेलाडीमा तीन खेलाडी विदेशी रहे । जसमा मुहम्मद असिफ, फ्रान्सिस, म्याक्सवेल रहे ।

फाेटाेः एन्फा

Post Add 1025X115

Loading...