एक्सपर्ट क्रिकेट महाेत्सव सिड्नीमा सम्पन्न, मैत्रीपुर्ण खेलमा पारसकाे टिम हार्याे

0

एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसको आयोजनामा सिड्नीमा क्रिकेट महोत्सव सम्पन्न भएको छ ।

सोहि अवसरमा आयोजना भएको मैत्रीपुर्ण खेलमा मेलबर्नले ब्रिसबेनलाई पराजित गर्यो । पहिले ब्याटिङ गरेको ब्रिसबेन मात्र ६९ रनमा अलआउट भयो । जवाफमा मेलबेर्नले तीन दशलमव चार ओभरमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

प्रतियोगिताको म्यान अफ दी सिरीज अष्ट्रेलियामा बस्दै गरेको नेपाली पूर्व खेलाडी सुमन गौतम बने । उनले यसअघि मेलबर्नका लागि सतक प्रहार गरेका थिए । शनिबार भएको खेलमा तीन जनाले वन हेन्ड क्याच गर्दा फाइनलमा अरु दुई जनाले वन हेन्ड क्याच गरे । जसका पुरस्कार जनही ५ सय डलर रहेको छ ।

फाइनलमा आइसीसी टी–२० विश्वकप आयोजक समितीका सिइओ नीक होक्ली पनि उपस्थित रहेका थिए । सिड्नीमा भएको क्रिकेट महोत्सवमा १५ सय जतिको सहभागिता रहेको थियो । एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसका सिइओ श्याम शर्माले कार्यक्रम सफल भएको बताए । साथै उनले अब १० जनवरीमा ब्रिसबेन र ११ मा एडीलेडमा हुने बताए ।

Post Add 1025X115
Loading...