यस्ताे थियाे डिपीएल – ३ काे अक्सन (भिडियाे)

0

धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन ६ खेलाडीले अधिकतम मुल्य पाएका छन । जसमा आरिफ शेख, ललित भण्डारी, भिम शार्की, पवन सराफ, विनोद भण्डारी र ललित राजवंशी रहेका छन ।

यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिम बीच प्रतिस्पर्धा चलेको थियो ।

यस्तै ललित भण्डारीले पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो । यस्तै पवन सराफ २ लाख ५० हजारमा ड्र बाट धनगढीले लियो भने भिम शार्की साेहि रकममा ड्र बाट रूपन्देहीले लिन सफल भए । ललित नारायण राजवंशी २ लाख ५० हजारमा काठमाडौंले किन्याे ।

Post Add 1025X115

Loading...
P