डीपीएल थ्रीका लागि कुन खेलाडी कुन टिममा परे?

0

धनगढी प्रिमियर लिग क्रिकेटका लागि आज अक्सन गरिएको छ । अक्सनमा ६ जना खेलाडी महंगो रकममा अनुबन्ध भएका छन् । जसमा आरिफ शेख, ललित भण्डारी, विनोद भण्डारी, ललित राजवंशी, भीम शार्की र पवन सराफ रहेका छन् ।

यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो ।  बसन्त रेग्मी रणनीतिक खेलाडी रहेको टिम रूपन्देहीमा तीन जना खेलाडी दुई लाख माथिका रहेका छन् ।

रुपन्देहीले १४ लाख ४५ हजार रूपैयाँ खर्च गर्दा पेनाल्टी २ लाख ४५ हजार तिर्नु परेको थियो । प्रत्ययक टिमलाई १२ लाखसम्ममा खेलाडी पुर्याउनु पर्ने शर्त रहेको त्यो भन्दा बढी खर्चहुँदा पेनाल्टी तिराइएको हो ।
२ लाख बढीका तीन खेलाडीमा ललित भण्डारी, भीम शार्की र प्रदीप ऐरी रहेका छन् । भण्डारी र शार्कीलाई २ लाख ५० हजार खर्चिदा ऐरीमाथि २ लाख ४० हजार लगानी गरेको छ ।

रूपन्देही च्यालेन्जर्स

महेन्द्रनगर युनाइटेड

महेन्द्रनगर युनाईटेडले आरिफ शेखलाई सर्वाधिक महंगो रकम तिरेर टिममा ल्याएको छ । ११ लाख ८५ हजार टिम बनाउँन खर्च गरेको महेन्द्रनगरले आरिफमाथि २ लाख ५० हजार तिर्न पुगेको हो । उसले ड्र मार्फत लिन सफल भयो ।

सरद भेषावकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगरले रोहित पौडेललाई २ लाख ३० हजार खर्च गरेको छ । अविनास बोहोरा १ लाख ७० हजामार अनुबन्ध भएका छन् ।

काठमाडाैं गाेल्डेन्स

ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेन्सले अक्सनमा १० लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ । जसमा ललितनारायण राजबंशीलाई सर्वाधिक २ लाख ५० हजारमा खरिद गरिएको छ ।

यसैगरी अनिल कुमार साहमाथि १ लाख ७० खर्च गर्दा बिक्रम कुमार भुषाललाई १ लाख ६० हजारमा खरिद गरिएको छ।

विराटनगर किंग्स

टिमका हिसावले करण केसी रणनितीक खेलाडी रहेको विराटनगरले कुल ९ लाख ९० हजार खर्च गरेको छ । यो टिममा सबै भन्दा महंगा खेलाडी आसिफ शेख छन् । उनलाई एक लाख ८० हजारमा ल्याएको छ ।

त्यसपछि कुशल भुर्तेललाई एक लाख ६० हजारमा अनुबन्ध गरेको छ । यस्तै पृथु बास्कोटा एक लाख २० हजार र किशोर महतो एक लाखमा अनुबन्ध भए ।

सिवाइसी अत्तरिया

दिपेन्द्रसिंह ऐरी रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरीयाले महंगो खेलाडीका रुपमा सन्दिप जोरा दुई लाख ३० हजारमा किनेको छ ।
त्यसपछि टिमले भुवन कार्कीलाई दुई लाखमा अनुबन्ध गर्न सफल भयो । अरु खेलाडी उसले एक लाख भन्दा तलको रकममा किन्न सफल भयो । युवा र अनुभवीको मिश्रण रहेको यो टिम पेपरमा राम्रो देखिएको छ । उसले कुल ९ लाख रूपैयाँ खर्च गर्यो ।

धनगढी स्टार्स

घरेलु टोली धनगढी स्टार्सले १२ लाख २० हजार टिम बनाउन खर्च गरेको छ । जसमा सर्वाधिक महँगो खेलाडीको रुपमा पवन सर्राफ रहेका छन् । उनलाई ड्रमार्फत धनगढीले २ लाख ५० हजारमा किनेको हो । यसैगरी सुनिल धमला र अमित श्रेष्ठमाथि जनही १ लाख ८० हजार खर्च गर्दा सौरभ खनाललाई १ लाख ६० हजारमा बोली लगाएको थियो

Post Add 1025X115

Loading...
P