संकटा भर्सेस थ्रीस्टार हाइलाइट्स

0

थ्रीस्टारलाई हराउँदै संकटा क्लव ३३ बर्षपछि सहिद स्मारक ए डिभिजन लिगमा उच्च स्थान हासिल गरेको छ । संकटाले २०४२ सालमा लिगको उपाधि जितेपछि लिगमा सबै भन्दा उच्च प्रदर्शन यसपटकको लिगमा हात पर्न सफल भयो ।

उसले विचमा २०५४ सालमा सो बेलाको राष्ट्रिय लिगमा दोस्रो भएको थियो । तर ए डिभिजन लिगमा भने तीन दशक भन्दा बढी समयपछि उसले उच्च स्थान हासिल गर्यो ।

तीन पटकको लिग च्याम्पियन संकटा यसपटकको लिगको सुरुवात देखि नै राम्रो लयमा देखिएको थियो । उसले लिगमा आर्मी र मनाङ विरुद्ध पराजित हुँदा उपाधि यात्रामा धक्का लागेका थियो । तर उपाधि मनाङले लगेपछि दोस्रो स्थानको होडमा रहेको अर्को क्लव थ्रीस्टारलाई दुई एकले हराउदै उसले दोस्रो स्थान हासिल गर्यो ।

Post Add 1025X115

Loading...
P