विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर भने- ‘आर्थिक अभावले सताएकाे छ’

0

शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जनले मिस्टर युनिभर्समा सहभागिताकालागि आर्थिक  संकट परेकाे बताएका छन् । विश्व च्याम्पियनसिपमा सहभागिता जनाउदा ७ लाख खर्च भएकाे बताउने महेश्वर युनिभर्समा सहभागिताका लागि त्याे भन्दा धेरै खर्च हुने हुँदा निकै चिन्तित भएकाे बताए ।

दुई दशकभन्दा बढी शारीरिक सुगठनमा सक्रिय रहेर बिभिन्न पदक जितेका महेश्वर महर्जनले हालै विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । २०२०मा मिस्टर युनिभर्समा प्रतिस्पर्धा गर्ने लक्ष्यमा रहेका उनले कसैबाट सहयाेगकाे अपेक्षासमेत गरेका छन् ।

मिस्टर वर्ल्ड अन्तर्गत ५५ केजीदेखि १०० केजीसम्मका विभिन्न तौल समूहमा विजेता खेलाडीबीच हुने प्रतिस्पर्धामा अब्बल ठहरिने खेलाडीलाई मिस्टर युनिभर्स घोषित गरिन्छ। जुन शारीरिक सुगठनमा सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिन्छ।

विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा विश्वविजेता बनेपनि त्या अनुसारका सहयाेग उनले पाउन नसकेकाे बताउदै अाएका छन । त्यसमा पनि हालै थाइल्याण्डमा पदक जितेपछि संघले ३ लाख दिने बताएपनि सरकारले भने मुख खाेलेकाे छैन । अब यस्ताे अवस्थामा उनकाे मिस्टर युनिभर्समा सहभागिताकाे सपना पुरा हुन्छ हुँदैन त्यसमा प्रश्न खडा भएकाे छ ।

बीबीसी नेपाली सेवासँगकाे कुराकानीबाट संम्पादित अंश

Post Add 1025X115
Loading...