बाह्रखरी कर्पोरेट गल्फकाे उपाधि सिम्खडालार्इ

0

 बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको दोस्रो संस्करण आत्माराम सिम्खडाले जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा उनले ४१ अंक स्कोर गरेका थिए ।

नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठान, कुटनीतिक व्यक्तित्वहरुका साथै आमन्त्रित विदेशी पाहुना खेलाडी गरी १ सय शौखिन गल्फरको सहभागी प्रतियोगिताको विजेता आत्मारामले सुनको गल्फ बल र माउन्टेन फ्लाइट टिकट जितेका छन् ।

स्टेबलफोर्ड  ३/४ ह्यान्डीक्यापमा खेलाइएको प्रतियोगिता १८ होलमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा बेस्ट ग्रसको उपाधी विजय श्रेष्ठ आइनहाउसले जिते । उनले काठमाडौं दुबईको एक थान दुईतर्फी हवाई टिकट पुरस्कार जिते । प्रतियोगिताको उपविजेता भारत बस्ताकोटीले ४० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पुरस्कार जिते ।

महिलातर्फको उपाधी प्रतिमा शेर्पाले जितिन् भने सिनियरतर्फ मेजर जनरल महेशबिक्रम कार्की  विजयी भए । दुबैतर्फको  विजेताले जनही ३० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पुरस्कार जिते ।

त्यसैगरी मोस्ट बर्डीजको उपाधी पनि विजय श्रेष्ठ आइनहाउसले नै जिते । उनले २० हजार रुपैयाँ बराबरको गिफ्ट भैचर पुरस्कार प्राप्त गरेका छन् । क्लोजेस्ट टु दी पिनको उपाधी  ध्रुव थापाले जिते भने लङगेस्ट ड्राइभको उपाधी मिथुन राईले जिते । सबैले जनही २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पुरस्कार जिते । जुनियरतर्फ श्याम डुब्लार्ड विजयी भए । उनले माउन्टेन फ्लाइटको एक थान टिकट पुरस्कार जिते ।

Post Add 1025X115
Loading...