रियल कोपा डेल रे को प्रिक्वाटरमा, मिलीला विरुद्ध आधा दर्जन गोल

0

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा दोस्रो डिभिजनको क्लव मिलीलालाई ६–१ गोलले हराउदै समग्रमा१०–१ गोल अन्तरले अन्तिम १६ मा स्थान बनायो ।

एकतर्फि जस्तो बनेको खेलमा रियालको जितमा मार्को एसेन्सियो र इस्कोले २–२ गोल गरे । पहिलो लेगमा चार शुन्यको जित निकालेको रियलले आज भने सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको थियो ।

तर ३३ औं मिनेटमा मार्कोको गोल मार्फत खेलमा अग्रता बनायो । त्यसको दुई मिनेटपछि फेरी मार्कोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमका अग्रता दुई शुन्यमा पुर्याए ।

३९ औ मिनेटमा मार्कोको पासमा हाभियर सान्चेजले गोल गर्दै रियलले तीन शुन्यको बढत बनायो । पहिलो हाफमा तीन गोलले अगाडी रहेको रियलले ४७ औं मिनेटमा चोथौ गोल गर्यो । यसपटक इस्कोले उसकालागि गोल गरे । गोलको बर्षा भएको खेलमा रियलको गोलको क्रम यतिमा रोकिएन ।

७५ औं मिनेटमा भिनिसियर जुनियरले रियलका लागि पाँचौ गोल गरे । ८१ औ मिनेटमा मिलीलाले एक गोल फर्काएपनि ८२ औं मिनेटमा फेरी इस्कोले रियलका लागि छैटौ गोल गरे ।

Post Add 1025X115

You might also like
Loading...
P