लेस्टर सिटीका मालिकले ज्यान गुमाएको हेलिकप्टर दुर्घटनाको राज खुल्यो

0

लेस्टर सिटीका मालिक र अरु चार जनाको ज्यान जानेगरी हेलिकप्टर दुर्घटनामा पर्नुको कारण टेक्निकल खरावी भएको अनुसन्धानले देखाएको छ ।

एयर एक्सिडेन्ट अनुसन्धान शाखले गरेको अध्ययनले लेस्टर सिटीको स्टेडियमबाट उडेको हेलिकप्टरका पुछरको राडारले काम नगरेकाले दुर्घटना परेको देखाएको छ । पाइलटको अगाडी रहेको ककपिटको प्याडल र पुछरको राडार विचको कनेक्सन छुटेकाले नियन्त्रण बाहिर भइ दुर्घटना भएको सो अनुसन्धानले देखाएको छ ।

गत अक्टोबरमा भएको सो दुर्घटनाका विषयमा गरेको विशेष अनुसन्धानले एडब्लु वनसिक्सनाइन सिग्नलको हेलिकप्टर नियन्त्रण बाहिर भएर दाँया घुमेर भुइमा खसेको बताइएको छ । सो दुर्घटनामा परेर लेस्टर सिटीका मालिक भिचाइसँगै अरु चारजनाले ज्यान गुमाएका थिए ।

Post Add 1025X115

You might also like
Loading...
P