भारत पहिलाे पारीमा कमजाेर

0

अष्ट्रेलिया विरुको पहिलो टेष्टको पहिलो पारीमा भारत धरासायी बनेको छ । चेतेश्वर पुजाराको सतकका कारण उसले पहिलो दिनको खेल सकिदा नौ विकेटको क्षतीमा दुई सय ५० रन बनायो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि पुजाराले एक सय २३ रन बनाए भने रोहित शर्माले ३७ तथा रिशव पन्त र रविचन्द्रन आश्विनले समान २५–२५ रन बनाए । तीन रनमा पहिलो विकेट गुमाएको भारतले ४१ रन बनाउदा चार विकेट खेर फालेको थियो ।

एकपछि अर्को विकेट गुमाएको भारतले एक सय ८९ रन बनाउदा सात विकेट खेर फाल्यो । ओपनर लोकेश राहुल मात्र दुई रनमा आउट भए भने मुरली विजय ११ तथा कप्तान विराट कोहली तीन रनमा पेभेलियन फर्किए ।

भारतलाई कम स्कोरमा रोक्न मिचेल स्टार्क, जोस हेजलहुड, पेट कुमिन्स र लियोनले दुई दुई विकेट लिए ।

Post Add 1025X115

You might also like
Loading...
P