करियरको विजयी सुरुआत

0

नेप्लेज । डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा करियरले अक्षरालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा मंसिर २९ गतेसम्म हुने नकआउट प्रतियोगितामा २२ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Post Add 1025X115

You might also like
Loading...
P