इन्टरनेश्नल ब्याटमिन्टन सिरीजमा नेपाली खेलाडीकाे चुनाैती समाप्त

0

काठमाडौंमा जारी नेपाल इन्टरनेश्नल सिरीज ब्याटमिन्टन प्रतियोगितामा नेपाली खेलाडीको चुनौती सकिएको छ । आज पुरुष एकलमा नेपालबाट आशा गरिएका रत्नजित तामाङ क्वाटरफाइनलमा पराजित भएपछि चुनौती समाप्त भएको हो ।

नेपालमा आयोजना भएको अहिलेसम्म कै ठुलो ब्याटमिन्टन प्रतियोगिताको पुरुष एकलमा नेपाल नम्वर एक खेलाडी रत्नजित भारतका कुशल धर्ममेरसँग दुई एकको प्रतिस्पर्धात्मक सेटमा पराजित भए ।

रत्नजितले पहिलो सेट १४–२१ ले गुमाएपनि दोस्रो सेटमा २४–२२ को जित निकालेका थिए । तर तेस्रो सेटमा रत्नजितको कमजोरीको फाइदा उठाउदै कुशलले २१–११ ले आफ्नो पक्षमा पारे । यसअघि पुरुष एकलमा भिडेका अरु नेपाली खेलाडी प्रिक्वाटरबाट नै बाहिरीएका थिए ।

यस्तै महिल डबल्समा नेपालकी जेशिका गुरुङ र सुनैना मुखियाको जोडी माल्दिभ्ससँग पराजित भयो भने अमिता गिरी र रश्मिला महर्जनको जोडीले भुटानलाई वाकओभर दियो । यता पुरुष डबल्समा पनि नेपालका रत्नजित र दिपेश धामीको जोडी थाइल्याण्डका वारित र पान्चाइको जोडीसँग २१–१९, १६–२१ र २१–१४ को सेटमा पराजित भयो ।

Post Add 1025X115

You might also like
Loading...
P