मच्छिन्द्र र ब्रिगेड ब्याइज गाेलरहित बराबरीमा

0

सहिद स्मारक ए डिभिजन लिगमा आज देखि छैटौ चरणका खेल सकिएका छन । जसमा ब्रिगेड ब्याइज र मच्छिन्द्र क्लवले गोलरहित बराबरी खेलका छन ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलको सुरुवातमा ब्रिगेड ब्याइजले मच्छिन्द्रलाई दबावमा राखेको थियो । तर केहि मौका सिर्जना गरेपनि सफल भएन । खेलको ४४ औं मिनेटमा ब्रिगेड ब्याइजको प्रहार पोलमा लागेर फर्कियो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले गोलको खाता खोल्न सकेनन् । जसका कारण दुबैले अंक बाढे । प्रतियोगितामा मच्छिन्द्रले तेस्रो बराबरी खेलेको हो भने ब्रिगेड ब्याइजले दोस्रो । यो बराबरीपछि ब्रिगेड ब्याइजको ५ खेलबाट चार अंक भएको छ भने मच्छिन्द्रको तीन अंक भएको छ ।

Post Add 1025X115

You might also like
Loading...
P