इपीएलमा पाेखराकाे कप्तानी स्कटल्याण्डका केलीले गर्ने

0

एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजको कप्तान परिवर्तन गरिएको छ । अघिल्लो संस्करण टिमका कप्तानी गरेका शक्ति गौचनको स्थानमा स्कटल्याण्डका खेलाडी केली कोट्जेरलाई नयाँ कप्तान नियुक्त गरेको छ ।

इपीएलको ट्रफि सार्वजनिक कार्यक्रममा शक्तिको स्थानमा कप्तानका रुपमा केली उपस्थित भएपछि टिमले कप्तान परिवर्तन गरेको पक्का भएको हो । चितवनको मार्की खेलाडीका रुपमा रहेका शक्तिले भने यो विषयमा बोल्न चाहनेन् ।

याेपनि पढ्नुहाेसः इपीएल कुन टिममा कस्ता विदेशी खेलाडी खेल्दैछन ?

सन् २००३ देखि राष्ट्रिय टिमबाट खेलिरहेका केली एक अनुभवी खेलाडी हुन । उनले नेपाल विरुद्ध पनि विभिन्न प्रतियोगिता खेलेका छन । करियरमा ५० ओडीआए खेलेका उनले १९६९ रन बनाएका छन भने टी–२० मा ४५ खेलमा १०३४ रन बनाएका छन । पार्टटाइम बलरको भुमिका पनि गर्ने उनले एकदिवसियमा चार सतक बनाएका छन ।

Post Add 1025X115

You might also like
Loading...
P