इपीएलकाे उपाधि विजेताले पाउने ट्रफि यस्ताे छ

0

शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक गरिएको छ ।

काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको एक कार्यक्रममा इपिएलमा सहभागि ६ टिमका कप्तान तथा मार्की खेलाडीको उपस्थिती रहेको थियो । जसमा भैरहवाका शरद भेषावकर, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी, ललितपुरका ज्ञानेन्द्र मल्ल र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर रहेका थिए । पोखराका मार्की खेलाडी शक्ति गौचन भए पनि कप्तान केलीलाई दिइएको छ ।

इपीएलको ट्रफि सिल्भरले बनेको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने यो ट्रफिसँगै कति रकम पाउछ त्यो अझै आयोजकले खुलाएको छैन । अघिल्लो संस्करणमा विजेताले २१ लाख रुपैया पाएको थियो । तर यसपटक यो पुरस्कार राशि बढ्नसक्ने बताइएको छ । डीपीएलको विजेताले २५ लाख र पीपीएलको विजेताले २७ लाख रुपैयाँ पाएका थिए ।

Post Add 1025X115

You might also like
Loading...
P