राष्ट्रिय टिमबाट खेलेर विदा हुने वातावरण नै देखिन- शक्ति गाैचन (अन्तर्वार्ता)

0

गत जुलाईमा नेदरल्यान्ड्समा भएको वान–डे अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि संन्यास लिने भएका छन् । नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा संन्यास लिने चाहना राखेका शक्तिकाे साे चाहना क्यान निलम्बनमा परेका कारण पुरा हुन सकेन । जसका कारण उनले अाफ्ना लागि इपीएल नै अन्तिम प्रतियाेगिता बनाउने निधाे गरेकाे नेप्लेजलाइ बताए । देव्रेहाते स्पिनर शक्ति नेपालका प्रमुख बलर बनेका थिए । पछिल्लो समय बढ्दाे उमेर र श्वास्थ्यका कारण पनि उनि खेलाडी भन्दा खेल ब्यवस्थापन र प्रशिक्षकमा हात हालेका थिए । उनले सक्रिय क्रिकेटबाट टाढा भएपछि यू-१९ क्रिकेट टिमका टिम लिडरका रूपमा गएका थिए । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेका शक्तिले सिंगापुरमा भएकाे एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । शक्ति नेपालबाट १ हजार रन बनाउने पहिलो खेलाडी हुन् । हाल भैरहवामा क्रिकेट एकेडेमी चलाएर बसेका शक्तिले नेपाली क्रिकेटलाइ धेरै युवा खेलाडी दिलाएका छन । शक्तिले सन्यासका विषयमा नेप्लेजसँग गरेकाे कुराकानीः

एभरेष्ट प्रिमियर लिग पछि सन्यास लिदै हुनुहुन्छ तपाई किन अचानक यस्तो निर्णय गर्नु भयो ?

हो, इपीएल पछि नै खेलाडी जीवनबाट त्यागौ जस्तो लाग्यो । साचेको थिए राष्ट्रिय टिमबाट नै खेलेर विदा हौ भनेर तर त्यो संभावना मेलै देखिन त्यहि भएर ।

तरपछि यत्रो बर्ष नेपाली क्रिकेटलाई योगदान दिनुभयो, विदाई पनि त्यहि अनुसारको होस भन्ने चाहना थियो होला नी !

खै कसले गर्ने होर कोही छ र त्यस्तो अपनत्व लिने, त्यो कसैले गर्यो भने त झन राम्रो, म त्यसलाई ह्याट्स अफ गर्छु, मेरो विदाईका लागि राम्रो खेलको आयोजना गर्छ भने त्यसमा खेल्न के गार्हाे छ, जसले गर्छ त्यसलाई धन्यवाद दिन्छु । तर पनि त्यस्तो सोच भएको ब्यक्ति मैले देखिन त्यहि भएर त्यतिकै मानसिक दबावमा किन बसिरहनु भनेर हो । अर्को कुरा हुनत इपीएल डिपीएल पीपीएलहरु भइरहेका छन तर नेपाली क्रिकेटलाई सम्हाल्ने कोहि पनि भएन, ठुला फ्रेन्चाइज लिगहरु भए त्यो खेलाडीका लागि राम्रो हो तर नेपालको क्रिकेटको बेस झन झन कमजोर हुँदैछ । बाहिरबाट देखेर मात्र हामी खुसी भइरहेका छौ, यसका मुख्य जरा झनझन सकिदैछ । अब पनि ग्रासरुट क्रिकेट हेरेन भने आउने तीन चार बर्षमा नेपाली क्रिकेट धरासायी हुनसक्ने अवस्थामा पनि पुग्न सक्छ । अहिले जतीपनि खेलाडीले गरिरहेका छन त्यो पुस्ता बाहिरीएपछि नेपाली क्रिकेट निकै कमजोर हुँदैछ त्यसमा कसैलेपनि सोचेको छैन ।

१७–१८ बर्ष नेपाली क्रिकेटको हरेकपलको सारथी बनेको खेलाडीको विदाई भब्य होस भन्ने चाहना क्रिकेट प्रेमीपनि हुन्छ ।

मलाई पनि चाहना थियो, मैले भनेनी त्यो कोहिले पनि लिएन र कसैले गर्ला जस्तो लागेन, कतिजना हास्छन पनि, अब ठिकैछ जे भाग्यमा त्यो देखिन्छ, तर पनि ठिकै छ, अब आफ्नो मुख्य काम क्रिकेटको बेसिकलाई बलियो बनाउने हो । यसका लागि मेरो तीन बर्षे योजना छ । क्रिकेट विकाशतिर आफुलाई अगाडी बढाउछु, त्यो भनेको युवा खेलाडी उत्पादनमा लाग्छु, सुरुमा जिल्लाबाट आफ्नो प्रोजेक्टलाई अगाडी बढाउछु, त्यसपछि प्रदेश अनि नेपालभरी यसलाई फैलाउछु ।
ब्यवसायीक क्रिकेटमा लागेर आफुले सोचेको कामलाई समय पनि दिइन्न । यहि राइटराइम जस्तो लागेको छ । ब्यवसायिक घरानाबाट खेल्यो, टिमले सोचेजस्तो खेलेन भने आफुलाई पनि खिन्न अनि टिम पनि त्यहि खुसी नहुँने, सो क्रिकेट विकाश नै मुख्य काम हो अब मेरो ।

 

Post Add 1025X115

You might also like
Loading...
P