क्यानकाे स्वतन्त्र समितीकाे बैठक शनिबार, आइसीसी प्रतिनिधी भाेली काठमाडाैं पुग्ने

0

नेपाली क्रिकेटकाे विवाद समाधानका लागि गठन गरिएकाे स्वतन्त्र समितिकाे बैठकका लागि भाेली आइसीसीका प्रतिनिधी नेपाल अाउने भएका छन । शनिबार बस्ने बैठकमा स्वतन्त्र समितिमा आइसिसीबाट अमर शेख, नितिश कोथारी र मोहमद अली छन भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्। अमर शेख काठमाडाैं आइसकेका छन भने बाँकि २ जना भाेली अाइपुग्नेछन । साेल्टी हाेटलमा हुने बैठक विहान ११ बजेबाट सुरू हुनेछ ।

यसअघि पनि बारम्बार आइसीसीका प्रतिनिधी नेपाल आएर छलफल गरेपनि विवादकाे निकास निक्लिन सकेकाे छैन । अब स्वतन्त्र समितिकाे बैठकपछि भने यसकाे निकास निस्किनेमा अाशा गरिएकाे छ । केहि दिन अगाडी मात्र निर्वाचित क्यानका महासचिव अशाेकनाथ प्याकुरेल एसीसीकाे बैठकमा पुगेर नेपालकाे निलम्बनका बारेमा छलफल गरेका थिए ।

बैठकमा मुख्य गरी २ विषयमा छलफल हुनेछ । निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेकाे पहल र जिल्लाको हकमा आइसिसीलाइ पठाइएको प्रतिवेदन मुख्य एजेन्डा हुनेछन ।

Post Add 1025X115

You might also like
Loading...
P