फ्रेन्ड्स विरूद्द अार्मी बराबरीमा, लिगकाे दाेस्राे स्थान उक्लने माैका गुमायाे

0

सहिद स्मारक ए डिभिजन लिगमा आर्मीले फ्रेन्ड्स विरुद्ध बराबरीमा चिक्त बुझाएको छ । पुरै खेलमा एक दर्जन प्रहार गरेपनि गोल गर्न नसक्दा आर्मीले लिगमा दोस्रो बराबरी खेल्यो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले पाएका मौकालाई पनि उसले सदुपयोग गर्न सकेन । खेलको १५ औं मिनेटमा आर्मीको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले बचाए । २० औं मिनेटमा फेरी आर्मीको अर्को मौका पाएको थियो । जसमा फ्रेन्ड्सका गोलकिपर लिम्बुले नै बचाए । खेलको ४० औं मिनेटमा आर्मीले गरेको प्रहार पोलमा लागेर फर्किदा उसका समर्थक चुकचुकाउन पुगे ।

पहिलो हाफ अन्तिममा फेरी आर्मीले डरलाग्दो मुभ बनाएको थियो । तर यसपटकपनि गोलकिपर देवले बचाए । पहिलो हाफ गोलरहति बराबरी भएको खेलको ६२ औं मिनेटमा आर्मीले अर्को मौका सिर्जना गरेको थियो तर सफल भएन । ७६ औं मिनेटमा फेरी आर्मीको प्रयासमा फ्रेन्ड्सको डिफेन्सलाइन बाधक बन्यो । बारम्बार फ्रेन्ड्सको पोष्टमा चार्ज गरेको आर्मीको हरप्रयास असफल हुँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

बराबरीपछि आर्मीले लिगको दोस्रो स्थानमा उक्लने सुनौलो मौका गुमायो । जारी लिगमा आर्मीको यो दोस्रो बराबरी हो । उसले खेलको ६ खेलमा चारमा जित र दुई बराबरी खेलेको छ । उसको ६ खेलबाट १४ अंकका साथ लिगको चौथो स्थानमा नै रहेको छ । यता फ्रेन्ड्सले बलियो टिम विरुद्ध अंक खोस्न सफल भएको छ ।

Post Add 1025X115

You might also like
Loading...
P