अन्तिम समयमा काम गर्ने प्रवृतिकाे चपेटामा अाठाैं राष्ट्रिय खेलुकद

0

नेपाली खेलकुदमा बृहत रुपले आयोजना गर्ने एउटा मात्र प्रतियोगिता हो राष्ट्रिय खेलकुद प्रतियोगिता । तर त्यहि राष्ट्रिय प्रतियोगिता अहिलेसम्म भनेको जस्तो बृहत रुपमा हुन सकेको छैन । चाहे त्यो पुर्वाधार धेरै भएको काठमाडौमा आयोजना भएको पाँचौ राष्ट्रिय प्रतियोगिता नै किन नहोस ।

एक त पुर्वाधार नयाँ बनाउनु पर्ने र अलिअलि भएका पुर्वाधारको मर्मतमा पनि बजेटका कारण कठिनाई हुने । एउटा प्रतियोगिता आयोजना गरेपछि त्यसको अन्तिममा अर्को प्रतियोगिता आयोजनाको स्थान घोषणा गरिन्छ । यो विचमा दुई बर्षको समय हुन्छ । तर नेपालमा प्रतियोगिताको घोषणा गरेपछि एक बर्ष कानमा तेल हारेर बस्ने र जव मिती नजिकिदै जान्छ त्यसपछि हतार हतार गरेर काम गर्ने बाँनि पुरानै हो । यहि कारण नेपालको बृहत भनिएको राष्ट्रिय प्रतियोगिता कहिले पनि तोकेको समयमा हुन सकेको छैन ।

प्रशंग, सुदुरपश्चिम, अहिलेको सात नम्वर प्रदेश, तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा धनगढी र कञ्चनपुरमा छैटौ राष्ट्रिय प्रतियोगिता गर्ने भनेर मिती घोषणा गरियो । एक त प्रतियोगिताको तयारी गर्न ढिलो हुने त्यसमा पनि विभिन्न कारणले त्यसमा रोकतोक हुने प्रचलनले छैटौ राष्ट्रिय खेलकुद हुन त भयो तर त्यसका प्रभाव खेलाडी देखि खेलजगतमा राम्रो परेन । लामाले छैटौ गर्न अख्यितार देखि मन्त्रालय निकै धाए । तर अन्तिममा प्रतियोगिता त गरे, त्यसपछि सो बेला बनेका पुर्वाधारको निर्माण ठप्पमा मात्र भएन, अलिअलि भएका पुर्वाधार जिर्ण बन्दै गए ।

त्यसको दुई बर्षपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलमा गर्ने भनेर घोषणा गरियो । यो विचमा तयारीका लागि २ बर्षको समय थियो । तर पुर्वाञ्चलमा प्रतियोगिताको मिती तीन पटक सर्यो । प्रतियोगिताका लागि पुर्वाधार पनि टिठ लाग्दो हिसावले बनाइयो । केहि खेलका पुर्वाधार प्रतियोगिता सुरु भइसकेपछि पनि बन्दै थिए भने केहिको खेल पदाधिकारी उद्घाटन गरिरहेका थिए । खेलाडीले दौडने ट्रयाकमा पुरै माटोको बनाइएको थियो भने क्रिकेट मैदानमा घाँस हुनुपर्नेमा धुलै धुलो थियो । तर बारम्बार मिती सारेपछि अन्तिममा गर्नेपर्छ भनेर प्रतियोगिता गरियो तर झारो टार्नका लागि ।

फेरी राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुदको जिम्मेवारी नेपालगञ्जलाई दियो । हुनत सुरुवातमा पोखरालाई आठौंको आयोजनाको जिम्मेवारी दिने भनेर बैठकमा सहमती नै भइसकेको थियो । प्रतियोगिताको समापनको अघिल्लो तत्कालिन मन्त्री दलजीत विक र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र अन्य पदाधिकारीको बैठकले एकाएक नेपालगञ्जलाई आठौंका जिम्मेवारी दिने भनेर निधो गरे । सो बेला पोखराले आयोजनाको मौका पाउने भयो भनेर हौसिएर समापनमा पुगेका पश्चिमाञ्चल खेलकुद विकाश समितीका तत्कालिन अध्यक्ष खगराज पौडेल आठौंको झण्डा लिन पाइन्छ भनेर सोचेका थिए ।

तर अचानक नेपालगञ्जलाई जिम्मेवारी दिएपछि निरास बनेका थिए । नेपालगञ्जलाई आठौंको जिम्मेवारी दिने एकल निर्णय मन्त्रीले नै गरेका थिए । त्यहिबेला आंकलन गरिएको थियो की आठौंको आयोजना कसरी गरिन्छ भनेर । हुनपनि अहिले आएर त्यहि देखिएको छ । तीन पटकसम्म आठौंको मिती सरिसकेको छ । अब फेरी पनि माघमा हुने भनिएको प्रतियोगिता फागुनमा सर्ने संभावना ९५ प्रतिशत छ । यता पुर्वाधार बनिरहेका छन तर निकै सुस्त गतिमा । फागुनमा अरु धेरै प्रतियोगिताहरु पनि हुदैछन । त्यहिबेला धनगढी प्रिमियर लिग पनि हुनेछ । जसमा नेपाली सबै क्रिकेटरले खेल्ने गर्छन । यता फागुन भन्दा पछाडी प्रतियोगिता सार्यो भने त्यो बेलाको वेदरले निकै असर गर्नेछ । चैत्र महिनामा नेपालगञ्जमा हावाहुरीले निकै असर गर्ने गर्छ । अब राष्ट्रिय खेलकुद परिषदलाई की माघको अहिलेको मितीमा गर्नुपर्यो होइन भने चैत, बैशाखको गर्मिमा गर्नुपर्ने अवस्था देखिएको छ ।

कुल ३५ सहभागि प्रतियोगितामा जिल्ला छनोट सुरु भइसकेका छन । यस्तोमा खेलकुद विकाश समिती नेपालगञ्जका अध्यक्ष भीम ओली भन्छन–ुपुर्वाधारका हिसावले मात्र होइन अन्य पक्षले पनि नेपालगञ्जमा सुविधाजनक रुपमा प्रतियोगिता गर्न गाहे छ । तयारीको मिती निकै कम भएको र बजेट पनि समयमा नआएकाले आफुहरुलाई पनि निकै दबाव बढेको छ । यस्तोमा दुई पटक प्रतियोगिताको मिती पनि सरिसकेको छ । अब पनि मिती सार्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तर पनि हामी सक्दो अहिलेको मितीमा गर्ने प्रयासमा लागि रहेका छौ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता के हुन्छ भनेर खेलाडीहरु चिन्तित बनेका छन भने स्थानिय पदाधिकारी पनि नयाँ मितीमा गर्न कठिन छ र फेरी सार्नुको विकल्प छैन भनेर बसिरहेका छन । केन्द्रबाट पनि तोकेताका लागि बारम्बार मन्त्री देखि सदस्यसचिव नेपालगञ्ज बर्दिया पुगेर स्थानिय पदाधिकारीलाई निर्देशन दिन्छन र फर्किन्छन । तर काम भने कछुवाको गतिमा भइरहेको छ ।

Post Add 1025X115

You might also like
Loading...
P