फ्रेन्ड्स विरूद्द अार्मी पहिलाे हाफमा बराबरीमा राेकियाे

0

सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स विरुद्धको खेलमा आर्मीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

लिगमा पाँचौ जितेका खोजिमा रहेको आर्मीले पहिलो हाफमा आधादर्ज प्रहार खेर फाल्यो । पाएका मौकालाई पनि उसले सदुपयो गर्न सकेन । खेलको १५ औं मिनेटमा आर्मीको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले बचाए ।

२० औं मिनेटमा फेरी आर्मीको अर्को मौका पाएको थियो । जसमा फ्रेन्ड्सका गोलकिपर लिम्बुले नै बचाए । खेलको ४० औं मिनेटमा आर्मीले गरेको प्रहार पोलमा लागेर फर्किदा उसका समर्थक चुकचुकाउन पुगे ।

पहिलो हाफ अन्तिममा फेरी आर्मीले डरलाग्दो मुभ बनाएको थियो । तर यसपटकपनि गोलकिपर देवले बचाए ।

Post Add 1025X115

You might also like
Loading...
P