अाठाैं राष्ट्रिय खेलकुदः कवड्डी हलकाे काम समयमै सकिने दावी

0

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रस्तावित बिभिन्न ३५ खेल मध्ये महिला तथा पुरुष दुबै समूहको कवड्डी खेलकालागि बर्दियाका बासगडीमा कवड्डी हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आठौ राष्टिय खेलकुद प्रतियोगिताका लागि बर्दियाको बासगढी नगरपालिका क्षेत्रमा १ करोड ६६ लाख रुपैयाँ लागतमा भैरहेको कवडी हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो हलको निर्माण कार्य पुरा भएपछि कवड्डीका लागि राष्ट्रिय टिममा परेका महिला तथा पुरुष दुबै समूह तर्फका खेलाडीले सुविधा जनक रुपमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

आठौ राष्टिय खेललकुद प्रतियोगिताका लागि बा“के, बर्दिया दाङ, रुपन्देही सहित ५ नम्बर प्रदेशका बिभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माण कार्य भैरहेको छ । बर्दियाको यो कवड्डी हल भने अन्य पूर्वाधार भन्दा पहिलेनै तयार भैसक्ने लक्षण देखिएको छ ।

हल निर्माण सगै राष्टिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्न थालिएको छ ।राष्टिय खेलकुद प्रतियोगिताका लागि कबडी हाल निर्माण भएपछि खेलाडीहरु पनि उत्साहित भएका छन् ।

Post Add 1025X115

You might also like
Loading...
P