थ्रिस्टारकाे पाचाैं जित, च्यासलले शेर्पाकाे चुनाैती पन्छ्यायाे

0

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधिको दावेदार टिम थ्रिस्टारले पाँचौ जित निकालेको छ । आज भएको खेलमा थ्रिस्टारले सरस्वती क्लवलाई दुई एक गोलले हरायो । अर्को खेलमा च्यासलले हिमालयन शेर्पालाई दुई एकले नै हरायो ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा थ्रिस्टारले सरस्वतीको एक गोलको अग्रता उल्ट्यायो । खेलको तेस्रो मिनेटमा नै सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई भिक्टर अमोबीले गोल गर्न सफल भए । खेलको सुरुवातमा नै एक गोलले पछि परेको थ्रिस्टारले १३ औं मिनेटमा गोल फर्काउने सुनौलो मौका पाएको थियो तर सफल भएन ।

तर १५ औं मिनेटमा थ्रिस्टारले पेनाल्टीको अवसर पायो । जसमा रञ्जित धिमालले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्यायो । २४ औं मिनेटमा थ्रिस्टारले अर्को गोलको मौका खेर फाल्यो । खेलको ३६ औं मिनेटमा थ्रिस्टारले अग्रता बनायो । उसका लागि निराजन खड्काले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले अगाडी रहेको थ्रिस्टारले दोस्रो हाफमा पनि चार वटा मौका पाएपनि सफल भएन । खेलको अन्त्यतिर सरस्वतीले राम्रो गोलको अवसर पाएपनि सफल भएन । जितपछि थ्रिस्टारले ६ खेलबाट १५ अंक बनाएकाे छ ।

आजै भएको अर्को खेलमा च्यासलले हिमालयन शेर्पालाई दुई एकले नै हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलले हिमालयनको एक गोलको अग्रतालाई पन्छ्यायो । खेलको १५ औं मिनेटमा शेर्पाले त्रिदेभ गुरुङको गोल मार्फत अग्रता बनाएको थियो । त्यसपछि ३० औं मिनेटमा च्यासलका हेमन्त मगरको प्रहार क्रसबारमा लागेर फर्कियो ।

पहिलो हाफमा एक गोलले पछि परेको च्यासलले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ५६ औं मिनेटमा सन्तोष साउखलले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ७३ औं मिनेटमा सब्सिच्युट खेलाडी सनिल खड्काले च्यासलका लागि गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए । बाँकि समयमा दुबै टिमबाट गाेल भएन र च्यासलले दाेस्राे जित निकाल्याे । जितपछि च्यासलले ६ खेलबाट ७ अंक बनाएकाे छ ।

Post Add 1025X115

You might also like
Loading...
P