खेल संघहरुको विवाद समाधानको जिम्मा उपाध्यक्ष तिम्सिनालाई

0

नेप्लेज, १८ मंसिर । सरकारले विभिन्न खेलकूद संघहरुमा देखिएको विवाद समाधानका लागि राष्ट्रिय खेलकूद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई जिम्मेवारी दिएको छ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मंगलबार नव नियुक्त उपाध्यक्ष तिम्सिनालाई कराते, जिम्न्यास्टिक, तेक्वान्दोलगाएतका खेल संघहरुमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी दिएका हुन् । उपाध्यक्ष तिम्सिनाले १ महिना भित्र विभिन्न संघमा रहेको विवाद समाधान गरि प्रतिवेदन मन्त्रालयलाई बुझाउने छन् ।

उनको समितिमा मन्त्रालयका सहसचिव अरूणप्रसाद न्यौपाने र राखेपको खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेका छन् । उपाध्यक्ष तिम्सिेनाले केही दिन अघि अखिल नेपाल फुटबल संघ एन्फाले गरेको स्वागत कार्यक्रममा मन्त्रालयले चाँडैनै आफूलाई खेल संघहरुको विवाद समाधानका लागि अधिकार दिने खुलासा गरेका थिए ।

मन्त्रालयबाट अधिकार पाए पछि नेप्लेज डटकमसँग कुरा गर्दै उपाध्यक्ष तिम्सिेनाले अहिले ७ वटा जति मेजर संघहरुमा विवाद देखिएको बताउँदै तिनीहरुको विवाद समाधान गर्ने बताए । उनले एउटै प्रकृतिका खेल संघहरु भिन्न भिन्न हुँदा खेलाडीहरुलाई पनि अप्ठेरो परेकाले समस्या समाधानका लागि आफूलाई जिम्मेवारी दिएको उल्लेख गरे ।

विवाद समाधानका लागि आफूले हदैसम्म प्रयास गर्ने बताउँदै आवश्यक परे अख्तियारसँग पनि छलफल गर्ने बताए । ओलम्पिक कमिटिनै दुई वटा छ नी भन्ने नेप्लेजको प्रश्नमा उनले भने एउटै प्रकृतिका खेलसंघहरु २ वटा हुँदा ओलम्पिक किमिटी पनि दुई वटा भएको र खेल संघको विवाद समाधान हुने वित्तिकै ओलम्पिक कमिटीको पनि विवाद समाधान हुने उल्लेख गरे । आफू नेतृत्वको समितिको पहिलो बैठक बुधबार खेलकूद मन्त्रालयमा बस्ने पनि जानकारी दिए ।

याे पनि पढ्नुहाेस

खेल संघहरुकोे विवाद समाधान गर्न नसके, राखेप विघठन गरे हुन्छः उपाध्यक्ष तिम्सिना

Post Add 1025X115

You might also like
Loading...
P