कभर्डहल निर्माणका लागि १० कठ्ठा जग्गा दान

0

झापाका अमरसिंह शाहले कर्भडहल निर्माणका लागि जग्गा दमक नगरपालिकालाई दिएका छन् ।

दमक नगरपालिका वडा नम्बर ९ राजमार्गदेखि डेढ किलोमिटर दक्षिणमा रहेको १० कठ्ठा जग्गा अमरसिंह शाहले कभर्डहल निमार्णका लागि जग्गा दिएका हुन् । जग्गाको मुल्य २ करोडको हाराहारीमा रहेको छ ।

शाह नेपाल प्रहरीका अवकाश प्राप्त पूर्व एआइजी हुन् । आफ्ना बुवाआमाको स्मृतिमा नारायण ज्योति मल्टीपल कर्भडहल निमार्ण गर्न शाहले श्रीमती सविता शाह र छोरी ओजस्वीको नाममा रहेको जग्गा नगरपालिकालाई प्रदान गरेका हुन् ।

दमक नगरपालिकाको सभा हलमा आज सम्झौंता भएको हो । नगरपालिकाले ५ वर्षभित्र कर्भडहल निर्माण गरी सक्ने मेयर रोमनाथ ओलीले बताउनु भयो ।

Post Add 1025X115

You might also like
Loading...
P