दोस्रो जेकेएनएसके अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिपमा देउराली क्लबलार्इ ११ स्वर्ण

0
नेप्लेज ।  भारत को पुणे शहर को शिव छत्रपति स्टेडीयममा सम्पन्न दोस्रो जेकेएनयसके अन्तराष्ट्रिय कराते डो च्याम्पियनसिपमा नेपाल को प्रतिनिधित्व गरेकाे देउराली क्लवले ११ स्वर्ण, ५ रजत र तीन कास्य पदक जितेकाे छ ।
दक्षिण एसियाली खेलकुदका  स्वर्ण पदक विजेता कुशल श्रेस्ठबाट प्रशिक्षत देउराली क्लबबाट खेलेका भीमसेनगोला माध्यमिक बिध्यालयका खेलाडीहरू ले उत्कृष्ट प्रदर्शन गरे ।
क्लबका अनिल रोक्का २ स्वर्ण, राहुल राई २ स्वर्ण, महिमा राई २ स्वर्ण, इरफान वोस्ता २ स्वर्ण, करण चौधरी १ स्वर्ण १ रजत, नबीन थापा मगर १ स्वर्ण १ रजत, रिकेश परियार १ स्वर्ण १ कांस्य, सोनू गुरुंग २ रजत, सिमोन्सा श्रेस्ठ १ रजत १ कांस्य, कंचन नेपाली १ कांस्य रहेको छ ।
तीन दिन सम्म चलेको प्रतियोगिता मा भारत सहित नेपाल, श्रीलंका, इंग्लंड, जापान,मलेसिया लगायत ८ वटा राष्ट्रकाे सहभागिता रहेको थियो । प्रतियोगिता मा नेपालबाट पूर्व अन्तराष्ट्रीय खेलाड़ी तारा गुरुंग र तुल्सि कुमार महर्जन ले निर्णायक को भूमिका निर्बाह गरेका थिए भने तुल्सि कुमार महर्जनले सेमिनार भाग लिई छैठौ डान को परिक्षा समेत  उतिर्ण गरेका थिए ।
Post Add 1025X115

You might also like
Loading...
P