यसरी बनेको थियो, रियलको एन्थम ‘हाला मड्रिड’

0

नेप्लेज । स्पेनिस जायन्ट रियल मड्रिडको गित (एन्थम) हाला मड्रिड रिलिज भयो । जुन गित रिलिज भएको आठ घण्टा भन्दा कम समयमा युरोपमा नम्बर एक ट्रेन्डिङ भयो ।

यस एन्थमको लेखक भने स्पेनिस नागरिक होइनन् । यो प्रेरणादायी एन्थमको लेखक मोरक्कोमा जन्मिएका स्वीडिस नागरिक नादिर खायात हुन् । रेड वनको नामले चर्चित खायतले सन् २०१४ मा यो एन्थम बनाएका थिए । जुन एन्थममा क्लबका सबै खेलाडीले एकै साथमा गाएर रेकर्ड गरेका थिए ।

रियल मड्रिडका फ्यान समेत रहेका रेड वन एउटा यस्तो एन्थम बनाउन चाहन्थे, जसले विपक्षी टिमलाई तर्साउन सकोस, रियल मड्रिडका समर्थकले गौरव महसुस गर्न सकुन् । पिकेओ स्टुडियोमा रेकड गराएको यो एन्थमले रियल मड्रिडलाई एउटा फुटबल टिममात्र होइन एउटा जिवन शैली झल्काउँछ ।

Post Add 1025X115

You might also like
Loading...
P