खेल संघहरुकोे विवाद समाधान गर्न नसके, राखेप विघठन गरे हुन्छः उपाध्यक्ष तिम्सिना

0

राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अब पनि नसुध्रिने हो भने राखेप विघठनको संघारमा पुग्ने बताएका छन् ।

हालै राखेपको उपाध्यक्षको जिम्मेवारी सम्हालेका तिम्सेनाले अहिले खेलकूदमा लगानी मात्रै भइरहेको प्रतिफल नआएको पनि उल्लेख गरे । खेलकूदको लगानी वालुवामा पानी सरह भएकाले यसलाई पुर्नसंरचना गरेर अघि बढ्ने बेला आएको पनि बताए ।

आफूलाई अबको केही दिनमै मन्त्रिपरिषद्बाट विशेष अधिकार प्रदान गर्ने खुलासा गर्दै खेलकुदका क्षेत्रमा देखिएको विवाद समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल संघ एन्फाले गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तिम्सेनाले नेपाली खेलाडीहरुलाई खेलेरै जिवन जिउन सक्ने आधार तयार पार्न आफू लागि रहेको उल्ले गरे ।

अहिले पनि हरेक दिन जसो खेलका नियमहरु परिमार्जित भइरहेको सन्दर्भमा नेपाली प्रशिक्षकहरुले आफूलाई अपडेट गर्न नसके उनीहरुको विकल्प खोज्ने चेतावनी दिए ।

चेतावनी शैलीमा भने ‘अब चाँडै मन्त्रिपरिषद्ले आफूलाई अधिकार दिए पछि चाँडैनै हरेक खेलका प्रशिक्षकहरुसँग छलफल गर्छु उहाँहरुका कुरा सुने पछि म यो निर्णयमा पुग्छु, नियमबारे अपडेट नभए उहाँहरुलाई विदा गरेर नयाँ करारमा नियुक्तिको प्रक्रिया अघि बढ्छ।’
यसभन्दा अघि पनि ४ बर्षे कार्यकाल पुरा गरेका तिम्सेनालाई नेपाली खेलकूदको नालीबेली थाहा छ । ४ बर्ष अघि आफूले छोडेको खेलकूद भन्दा अहिले झनै भद्रगोल देख्ने तिम्सेनाले खेलकूद संघहरुमा देखिएका विवाद समाधानका लागि लाग्ने प्रष्ट पारे ।

उनले हरेकजसो खेल संघमा विवाद गरेर फरक परक अस्तित्वका २ वटा संघ भएकाले ती सबैलाई मिलाएर न्यायसंगत तरिकाले विवाद समाधान गर्ने प्रष्ट पारे । उनले भने ‘नेपाल ओलम्पिक कमिटि समेत २ वटा रहेका कारण खेलाडीहरुको भविष्यमाथि खेलवाड भइरहेकाले अब चाँडैनै ती सबै खेलसंघको विवाद समाधान हुन्छ ।’
चाँडैनै हरेक खेलका अध्यक्ष र महासचिबसँग छलफल गरेर उनीहरुको कार्ययोजना आफूले माग्ने पनि जानकारी दिए ।
पहिलाको नेतृत्वमा रहँदा २ जना सदस्यसचिबसँग काम गरेको अनुभव सुनाउँदै अब अहिले राजनीतिक स्थायीत्व भएको बेला काम गर्न कुनै डराउनु नपर्ने उल्लेख गरे ।

अहिले बजारमा हल्ला चलेजस्तो राखेपका सदस्यसचिबसँग कुनै मनमुटाव नभएको प्रष्ट पार्दै उनले भने ‘उहाँ सदस्यसचिब हुने बेला म पनि दावेदार थिए, त्यतिबेला १ सय मिटरको दौडमा उहाँले जित्नु भयो, मेरो लिगामेन्ट च्यातिएर पछि परे, तर चार बर्ष सम्म नियमित थेरापी गरेर दौडिएको अहिले रजत पदक जितेको छु नी’ त्यसैले सदस्य सचिबसँग कुनै मनमुटाब नभएको र अहिले मिलेर खेलाडीको हितमा काम गर्न आफू तयार रहेको पनि बताए ।

रमाइलो तरिकाले मन्तव्य दिएका उपाध्यक्ष तिम्सेनाले भने ‘युवा तथा खेलकू मन्त्रिको उमेर ४८ बर्ष, राखेपका सदस्य सचिवको उमेर ४८ बर्ष र आफू ४७ बर्ष, यसैले मन्त्रीले मिलाएर जोत्न सके उपाध्यक्ष र सदस्य सचिब मिलेर खेलकूदका लागि राम्रो गर्न सक्छौं होइन भने बाँझो पनि रहन सक्छ है ।’

Post Add 1025X115

You might also like
Loading...
P