सिंग्नेचर मनाङकाे अपराजित यात्रा, एपीएफलाई २-१ ले हराउँदै शीर्ष स्थानमा फर्कियाे

0

नेप्लेज, ११ मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रा कायमै राखेकाे छ । मंगलबार भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २–१ गाेलले हराउँदै पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको १९ औं मिनेटमा विदेशी खेलाडी एडीलाजे डोमिडीले गोल गर्दा मनाङले अग्रता बनाएको थियो ।

तर २७ औं मिनेटमा मनाङले एपीएफलाई पेनाल्टीको अवसर दियो । जसलाई एपीएफका नविन लामाले गोल गर्दै खेल बराबरीमा पुर्याए । तर ४४ औं मिनेटमा मनाङले फेरी खेलमा अग्रता बनायो । एपीएफको डिफेन्सको डी बक्स भित्र हेन्ड गरेपछि पेनाल्टी पाएकाे थियाे ।उक्त पेनाल्टीलार्इ अञ्जन विष्ट गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा मनाङले दुई वटा मौकालाई सदुपयोग गर्न सकेन भने एपीएफ खेलमा फर्कन सकेन । जसका कारण मनाङले स्पष्ट तीन अंक बटुल्यो । लगातार चार खेल जितेको मनाङको १२ अंक भएको छ ।

Post Add 1025X115
Loading...